लुम्बिनी , कात्तिक १४ गते। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
महासचिव गुटेरेसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वुद्धको प्रतिमा उपहार दिएका छन् ।
लुम्बिनीमा आफ्नो स्वागतमा आयोजित कार्यक्रममा महासचिव गुटेरेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले सम्बोधन गरेका थिए ।
लुम्बिनी विकास कोषका अधिकारीहरुले महासचिव गुटेरसलाई लुम्बिनीका विभिन्न स्थलको अवलोकन गराएका छन् ।
सो अवसरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा लुम्बिनीमा वृक्षरोपण पनि गरेका छन् ।