ताजा समाचार

अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

काठमाडाैं | नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका उम्मेदवार हुन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७३ मतान्तरले विजयी भएका हुन् ।

क्रान्तिकारीको महासचिवमा पार्टीका उपमहासचिवमा जनार्दन शर्मा समूह निकट रहेका रोशन थापा १९१ मतान्तरले विजयी बनिसकेका छन् ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!