नेकपा एमाले काइके गाउँकमिटीकाे तेर्साे अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै विहिवार सम्पन्न भएको छ ।
एमाले केन्द्रिय सदस्य एवम् डोल्पा इन्चार्ज बद्मीक्वाँरी बोहोराको प्रमुख आतित्थ्यतामा भव्य उद्घाटन भएको तेस्राे अधिवेशन राजकुमार रोकायाकाे नेतृत्वमा २१ सदस्यीय पालिका कमिटी चयन गरेर सम्पन्न भएको हो ।
यसैगरी अधिवेशनले उपाध्यक्षमा काजि बुढा, सचिवमा धावा बुढा, उपसचिव काजि झाँक्री, छिरिङल्यामु रोकाया, सदस्यहरुमा छिरिङटसी बुढा, प्रकाश राना, धनराम सुनार, नविन वि.क., नन्दलाल झाँक्री लगायत २१ सदस्यीय काइके गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित भएको नेकपा एमाले डोल्पाका अध्यक्ष लंकबहादुर रोकायाले जानकारी दिनु भयो ।
यसै गरी अधिवेशनले काइके गाउँ लेखा आयोग कमिटी पनि सर्वसम्मत रुपमा चयन गरेकाे छ । अधिवेशनले लेखा आयोगको अध्यक्षमा गंगा बुढा र सचिवमा बमबहादुर रोकाया सहित ५ सदस्यीय लेखा आयोग गठन गरेकाे छ ।
निर्वाचित कमिटीका अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुको सफथ ग्रहण पनि सम्पन्न भएकाे छ ।
कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य एवम् डोल्पा जिल्ला इन्चार्ज बद्मीक्वाँरी बोहोरा, नेकपा एमाले कर्णाली प्रदेश सभा सदस्य एवम कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा, प्रदेश कमिटी सदस्य विष्णुबहादुर रोकाया, प्रदेश कमिटी सदस्य पाषाङल्हामु रोकाया, एमाले जिल्ला कमिटी डोल्पाका अध्यक्ष लंकबहादुर रोकाया, जिल्ला कमिटी सचिव जनक के.सी., वरिष्ट नेता नरबहादुर बुढा सहितका नेताहरु अधिवेशनमा सहभागीता रहेकाे थियाे ।