डाेल्पान्युज डेक्स
डाेल्पा पुस ४ गते ।नेपाल राष्ट्रिय सिक्षक संगठन जगदुल्ला गाउँपालिका १४ औँ पालिका अधिबेशन सम्पन्न भएको छ । सम्पुर्ण सिक्षकहरु एक हौँ, गौरवशालि विगत चुनौति पुर्ण वर्तमाण लगानी वृद्धि गरि सार्वजनिक सिक्षाको उन्नयन राष्ट्रिय सिक्षा ऐन र सबै तहमा सशक्त संगठन” भन्ने मुल नाराका पालिका अधिवेशन सम्पन्न भएकाे हाे ।
नेकपा एमाले निकट नेपाल राष्ट्रिय सिक्षक संगठन जगदुल्ला गाउँपालिकाकाे १४ औँ अधिबेशनबाट प्रकाश थापकाे अध्यक्षतामा १४ सदस्यीय सर्वसम्मत नेतृत्व चयन भएकाे छ । जगदुल्ला गाउँपालिका भित्रका विभिन्न सामुदायिक विधालयमा कार्यरत शिक्षकहरुकाे भेलाबाट अध्यक्षमा प्रकाश थापा, उपाध्यक्षहरुमा आशा देवि ऐडी, माेनलिसा गुरुङ्ग, सचिवमा नरेन्द्र ऐडी, सहसचिवमा लिला बाेहाेरा, कोषाध्यक्षामा देविसरा रोकाय (थापा), सहकाेषाध्यक्षमा श्रीलाल ऐडी चयन हुनु भएकाे छ।
यसैगरी सदस्यहरुमा सुकमती कुमारी दशौदि(एैडि) , भिमकुमारी घर्ती, सहित १४ सदस्यीय गाउँ पालिका कार्यसमिति चयन हुनु भएकाे छ। नेपाल राष्ट्रिय सिक्षक संगठनका नवनिर्वाचित समितिका पदाधिकारिहरुलाई नेपाल राष्ट्रिय सिक्षक संगठनको विद्यान व्यवस्था भए वमाोजिम सोहि कार्यक्रमका प्रमुख अथिति जय बहादुर वस्नेतले पद तथा गोपिनियताको सपथ ग्रहन गराउनु भएको नेपाल राष्ट्रिय शिक्षक संगठन जगदुल्लाले जनाएको छ।