ताजा समाचार

त्रिपुरासुन्दरी नगरपालिकामा ५ दिने मेलमिलाप सम्बन्धि तालिम जारी

विष्णुप्रसाद देवकोटा

स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुलाई न्याय सम्पादनमा सहजता ल्याउने उद्देश्यले संचालित  ५ दिने मेलमिलाप तालिम त्रिपुरासुन्दरी नगरपालिकामा जारी छ ।

नगरपालिका अन्तर्गतकाे न्यायिक समितिलाई न्याय सम्पादनमा के कसरी दक्षता हासिल गराउन त्रिपुरासुन्दरी नगरपालिका न्यायिक समिति त्रिपुराकाेटकाे आयाेजनामा मेलमिलाप तालिम जारी रहेकाे न्यायिक समिति संयाेजक तथा उपप्रमुख देवि घर्तीले बताउनु भयाे ।

न्यायिक समितिमा रहेका पदाधिकारी र नगरका वडाअध्यक्ष कार्यपालिका सदस्य लगायतकाे सक्रिय सहभागिता रहेकाे ५ दिने तालिमकाे बिहिवार नगरप्रमुख जनचन्द्र राेकायाले उद्घाटन गर्नु भएकाे थियाे ।

न्याय सम्पादन सम्बन्धि ज्ञाननहुंदा समितिकाे कार्यक्षेत्र भन्दा बाहिरकाे मुद्दाहरुलाई समेत जवरजस्त न्यायिक समितिले हेर्ने गरेकाेकतिपय फाैजदारी र देवानी मुद्दा समेत छुट्याउन नसक्दा समस्या हुने गरेकाेमा तालिमले त्यस्ताे समस्या निरुपण गर्ने आशा लिइएकाे नगरप्रमुख राेकायाले बताउनु भयाे ।

५ दिने तालिममा सहभागीलाई डाेल्पा जिल्ला अदालत सरकारी वकिल र जिल्ला प्रहरी कार्यालयका प्रतिनिहरुवाट सहजिकरण गर्ने ब्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ ।असार १३ गतेदेखि संचालन भएकाे मेलमिलाप सम्बन्धि तालिम असार १७ गते सम्म संचालन हुने छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!