शिवजिल्ला अस्पताल डाेल्पाकाे प्राङ्गणमा शिवलिङ्ग स्थापना गरेर शिवरात्रीकाे पुजाआजा गरिएकाे छ ।ठुलीभेरी नगरपालिका-३ दुनै स्थित डाेल्पा जिल्ला अस्पतालकाे प्राङ्गण अगाडि शिवलिङ्ग स्थापना गरिएको हाे ।
महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य व्यवस्थापक डाक्टर सिजन रावलले एक कार्यक्रमका बिच शिवलिङ्ग स्थापना गर्नु भएको जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयाे।
डाक्टर उपाध्यायका अनुसार महाशिवरात्रीकाे अवसरमा शिवलिङ्ग स्थापना गरिएको हाे। याे वर्षकाे शिवरात्रीमा शिवलिङ्ग स्थापना गरि पुजाआजा गरियाे अब शिव मन्दिर निर्माण गरिने छ चिकित्सा शाखा प्रमुख उपाध्यायले भन्नू भयाे ।
धार्मिक आस्थावान जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी साथै बिरामी र बिरामीका कुरुवाले समेत पुजापाठ गर्न मिल्ने गरि शिवलिङ्ग स्थापना गरि मन्दिर निर्माण गरिने अस्पताल ब्यवस्थापन समितिले जनाएकाे छ ।