ताजा समाचार

प्रेस चाैतारी डाेल्पाले अस्पतालका विरामीलाई गर्याे च्यावप्रास वितरण

डाेल्पा । प्रगतिसिल पत्रकार संगठन प्रेस चौतारी नेपाल डाेल्पाले आफ्नाे स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएकाे छ ।

२६ औँ स्थापना दिवसकाे  अवसरमा बिभिन्न कार्यक्रम गरि मनाउने क्रममा।  जिल्ला अस्पताल डाेल्पामा रहेका बिरामीहरुलाई च्यावनपराश र जुस वितरण गरिएको समेत जिल्ला कमिटी डाेल्पाले जनाएकाे छ  ।

अस्पतालमा एक अोपरिक कार्यक्रम गरेर नै विरामरीहरुलाई च्यावनप्रास र जुस वितरण गरिनुका साथै   चाैतारी आबद्ध पत्रकारहरु विच  शुभकामना आदानप्रदान गरिएको प्रेस चाैतारीका अध्यक्ष प्रेम थापाले बताए ।

स्थापनाकाे अवसर पारेर  बिरामीलाई च्यावनपराश र जुस वितरण गरेकाेमा अस्पताल परिवारकाे तर्फबाट मेडिकल अधिकृत डाक्टर आकर्षण तिमिल्सिनाले धन्यवाद ब्यक्त गरे  ।

यसैगरी नेकपा एमाले डाेल्पाका पार्टी सचिव लंक बहादुर राेकायाले प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसकाे अवसरमा सम्पूर्ण सदस्यहरुलाई पेशागत रुपमा ऐक्यबद्धता हुन आग्रहका साथ शुभकामना ब्यक्त गरेका थिए  ।

आस्थाका आधारमा जुनसुकै राजनीतिक दलमा आबद्ध भएपनि पत्रकारिता क्षेत्रमा निस्पक्ष ढंगले काम गर्न सचिव राेकायाकाे सुझाव थियाे ।

स्थापना दिवस कार्यक्रममा  कार्यक्रममा प्रेस चाैतारी नेपालका उपाध्यक्ष मेनुका बुढा,जनजाति महासंघ केन्द्रीय सदस्य शेर बहादुर बुढा,नेपाल पत्रकार महासंघ डाेल्पा सचिव लेख बहादुर बुढा, सदस्य गनेशमान पुन, चाैतारी सदस्य कमला शाही, नाेमिता बाेहाेरा लगाएका प्रतिनिधिहरुकाे सहभागीता रहेकाे प्रेस चाैतारी नेपाल डाेल्पाले जनाएकाे छ  ।

तपाईको प्रतिक्रिया