ताजा समाचार

नेपाल राष्ट्रिय शिक्षक संघठन डोल्पाकाे अध्यक्षमा जयबहादुर बस्नेत सर्वसम्मत चयन

नेपाल राष्ट्रिय शिक्षक संघठन डोल्पाकाे १४ औं जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।

त्रिपुरासुन्दरी नगरपालिकाकाे त्रिपुराकोट बगरमा सम्पन्न जिल्ला अधिबेशनले जयबहादुर बस्नेतकाे नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएकाे हाे ।

१४ औं जिल्ला अधिवेशन फागुन १६ गते भब्यताका साथ उद्घाटन भई १७ गते नेतृत्व चयन गरेर सम्पन्न भएकाे नेपाल राष्ट्रिय शिक्षक संगठन डाेल्पाले जनाएकाे छ ।

सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न अधिबेशनबाट अध्यक्षमा जयबहादुर बस्नेत उपाध्यक्षमा भीमबहादुर बुढा महिला उपाध्यक्षमा कमला हमाल सचिवमा धनबहादुर धराला सहसचिवमा खगीसरा पुलामी काेषाध्यक्षमा एकबहादुर बुढा सहकाेषाध्यक्षमा नन्दबहादुर शाही सर्वसम्मत चयन हुनु भएकाे छ ।

यसैगरी पालिका सदस्यहरुमा माेहनलाल केसी इन्द्रबहादुर बाेहाेरा विष्णुप्रसाद बाेहाेरा गाेरखबहादुर बुढा केशब थापा प्रकाश थापा र भैरब विष्ट चयन हुनु भएकाे छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय प्रतिनिधि तुलबहादुर विष्ट यामप्रसाद गाैतम सल्लाहकार भीमबहादुर धराला कर्णाली प्रदेश अध्यक्ष माेहन गाैतम प्रदेश महासचिव अक्कर पुन प्रदेश सदस्य भीमबहादुर राेकायाकाे विशेष उपस्थितिमा अधिबेशन सम्पन्न भएकाे अध्यक्षमा सर्वसम्मत चयन हुनु भएका जयबहादुर बस्नेतले जानकारी दिनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!