डाेल्पान्युज डेस्क। राष्ट्रिय दलित पत्रकार संघ नेपाल डाेल्पाकाे अध्यक्षमा पुर्ण सार्कीकाे नेतृत्वमा ७ सदस्यीय नेतृत्व चयन गरिएको छ।
डाेल्पामा पहिलोपटक गठन गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल डाेल्पाकाे अध्यक्षमा पुर्ण सार्की, उपाध्यक्षमा पूर्णिका सार्की, सचिवमा मञ्चन्द्र सार्की, सहसचिवमा मनरुप सार्की, काेषाध्यक्षमा याेगमाया सार्की सदस्यहरुमा जनक सार्की र भक्त बहादुर सार्कीलाई निर्विरोध चयन गरिएको छ।
कार्यसमितिकाे पहिलो बैठकले राष्ट्रिय दलित पत्रकार संघ नेपालकाे प्रदेश र केन्द्रीय महाधिवेशनकाे लागि डाेल्पाबाट केन्द्रीय प्रतिनिधिमा मनचन्द्र सार्की र प्रदेश प्रतिनिधिमा पुर्ण सार्कीलाई प्रतिनिधि छनाैट गर्ने निर्णय गरेकाे छ।
दलित पत्रकारहरुलाइ पत्रकारितामा क्रियाशील बनाइ प्रतिनिधित्व बढाउने र दलित पत्रकारहरुकाे पेशागत क्षमता बृद्वि गर्नुकाे साथै पेशागत हकहितमा याे संस्थाले आवाज उठाउने राष्ट्रिय दलित पत्रकार संघ नेपाल डाेल्पाका अध्यक्ष पुर्ण सार्कीले बताउनुभयो । आगामी दिनमा जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरि नेतृत्व तथा पदाधिकारी हेरफेर हुन सक्ने अध्यक्ष सार्कीले जानकारी दिनु
भयो ।