पुर्ण सार्की/डोल्पा: डोल्पाको मुड्केचुला गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। स्थानीय युवामा खेलकुदको भावना जागृत गर्ने र प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले नयाँ वर्षको अवसर पारेर यही वैशाख १ गते देखि मुड्केचुलामा अध्यक्ष कप खेलकुद प्रतियोगीता सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए।
गाउँपालिकाको आयोजनामा हुने खेलकुद प्रतियोगितामा खुला वडा स्तरीय पुरुष भलिबल, खुला ब्याडमिन्टन एकल र खुला ब्याडमिन्टन डबल खेलहरु खेलाईने अध्यक्ष शाहीले बताए।
अध्यक्ष शाहीका अनुसार प्रतियोगितामा खुला वडा स्तरीय पुरुष भलिबलको दर्ता शुल्क ५ हजार,खुला ब्याडमिन्टन एकल तर्फ दर्ता शुल्क १ हजार र खुला ब्याडमिन्टन डबल तर्फ २ हजार ५ सय दर्ता शुल्क लाग्ने छ। खेलकुदका लागि दर्ता समय २०८२ वैशाख १ गते बिहान १० बजे सम्म खुला रहने छ।
प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम स्थान हासिल हुने टिमले नगद रु. एक लाख, द्वितीय हुने टिमले नगद रु. ५० हजार सगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। दुवै खेलका विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।
त्यस्तै खुला ब्याडमिन्टन एकल तर्फ प्रथम हुनेले २० हजार, द्वितीय हुनेले दश हजार र सगै ट्रफी, खुला ब्याडमिन्टन डबल तर्फ प्रथम हुनेले नगद रु. ५० हजार द्वितीय हुनेले नगद रु. २५ हजार सगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गाउँपालिका जानकारी दिएको छ।
अध्यक्ष कप खेलकुद प्रतियोगिताको नयाँ वर्षको अवसर पारेर २०८२ साल वैशाख १ गते उद्दघाटन हुने र सम्पुर्ण डोल्पा बासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पुर्ण सरोकारवाला निकायहरु उपस्थित भै खेलकुदको रौनकता बढाउन गाउँपालिकाले आग्रह समेत गरेको छ।