विष्णुप्रसाद देवकोटा
डाेल्पा,माघ २७ गते ।छलगाडस्थित झाेलुङगे पुलकाे दुबै तर्फकाे सेजबेस मर्मतका लागि त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र राेकाया लागत स्टिमेट गर्न प्राविधिक सहित आफै फिल्डमा पुगेर लागतस्टमेट लिएका छन ।
भेरीकरिडाेर अन्तर्गतकाे सडकमा गुड्ने दुई पाङ्ग्रे सवारी साधनलाई आवतजावतमा सहजता हाेस भनेर मर्मत कार्यका लागि नापजाँच लिइएकाे हाे ।
झाेलुङगे पुलकाे दुबैतर्फकाे बेसमा पलास्टर उप्केर ढुङ्गा निक्लि माेटरसाईकल आवतजावत गर्न समस्या हुनुका साथै पुलसमेत जाेखिममा पर्न थालेकाे थियाे ।
पुलकाे दुबैतर्फकाे सेजवेस जीर्ण भई माेटरसाईकल सवार यात्रीलाई सास्ती हुदै आएकाे र कुनै पनि बेला दुर्घटना निम्तन सक्ने भएकाले नगरप्रमुखकाे ध्यानाकर्षण हुननसकेकाे भन्दै सामाजिक सन्जालमा विभिन्न खाले टिकाटिप्पणी हुदै आएकाे थियाे ।
मर्मत कार्य गुणस्तरीय रुपमा सम्पन्न भएमा दिनमा सयौंकाे संख्यामा पुलवाटै ओहाेरदाेहाेर गर्ने यात्रुहरुलाई सहजता हुने छ ।
सामाजिक सन्जालमा नगरप्रमुख राेकाया प्राविधिक सहित जीर्ण सेजबेसकाे नापजाँच लिइएकाे फाेटा सार्वजनिक भएपछि नगरप्रमुख राेकायाकाे प्रशंसा हुन थालेकाे छ ।