ताजा समाचार

डाेल्पा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सहितकाे दुई दिने निशुल्क स्वास्थ्य शिविर

हिमाली जिल्ला डाेल्पाकाे सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा दुई दिने निशुल्क स्वास्थ्य शिविर विहिवारवाट शुरु भएकाे छ ।

शुक्रबार सम्म संचालन हुने स्वास्थ्य शिविरमा काठमाडौंस्थित वीर अस्पताल शिक्षण अस्पताल र पाटन अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य परिक्षण भइरहेकाे अस्पतालले जनाएकाे छ ।

दक्ष र विशेषज्ञ चिकित्सकवाट स्वास्थ्य परिक्षण गरिन थालेपछि  जिल्ला विभिन्न गाउँबस्तीबाट वृद्ध , अशक्त , अपाङ्गा दीर्घ रोगीका विरामीहरु स्वास्थ्य परिक्षणकाे लागि  आएकाे जिल्ला अस्पताल डोल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर  अखण्ड उपाध्यायले बताउनु भयो ।

ब्याक टि लाईभको आर्थिक सहयोग ,हेरेन्डेक नेपालको साझेदारीमा र जिल्ला अस्पताल डोल्पाको आयोजनामा स्वास्थ्य शिबिर संचालन भएको हाे । दुई दिने शिबिरमा विशेष गरि मुटु रोग , सुगर , प्रेसर र  डोल्पाली महिलाहरुको स्वास्थ्य समस्याका सम्बन्धमा विशेषज्ञ चिकित्सकद्वारा परिक्षण भइरहेकाे छ ।

  स्वास्थ्य शिविरकाे पहिलाे दिनमा  नाै सय पचास  जनाको स्वास्थ्य परिक्षण भएकाे  मध्येमा महिलाको संख्या  छ सय पैसठ्ठी  र पुरुषकाे संख्या तीन सय रहेकाे  जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया