ताजा समाचार

बजारीकरण र प्रचारप्रसारको लागि डोल्पाको जिउँ गाउँमा  स्याउ महोत्सब

विष्णुप्रसाद देवकोटा

डोल्पामा उत्पादन भएको स्याउको बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको एक दिने स्याउ महोत्सब सम्पन्न भएको छ ।

कृषि विकास कार्यालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन स्याउजोन कार्यालय र महादेब फलफूल बगैचा उद्योग जिउँ डोल्पाको आयोजनामा एक दिने स्याउ महोत्सब सम्पन्न भएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका–३ जिउँ गाउँमा आयोजना गरिएको जिल्लास्तरीय महोत्सबमा जिँउ गाउँका कृषकहरुले आआफ्ना स्याउ फारममा फलाएका स्याउ लगायतका कृषिजन्य बस्तुहरुको प्रदर्शनी गरिएको थियो ।

ब्यानर बाचन सहित महोत्सबको उद्घाटन गर्नुभएका महोत्सब कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले कुनैसमय बजारको अभावमा फारममै कुहिएर पशुबस्तुको आहारा र मलखादमा प्रयोग हुने डोल्पाका स्याउले यत्तिखेर स्वदेश तथा विदेशमा समेत पहिचान बनाउने प्रयासमा रहेको बताउनु भयो ।

कृषकको मेहनत र लगानीमा उत्पादन गरिएको स्याउ खेरनजाओस भन्नका लागि यसको ब्रान्डिङ गर्न आवश्यक रहेकोले परिपक्क रुपमा पाक्ने समयको प्रतिक्षा गर्न कृषकलाई प्रमुख अतिथि रोकायाले आग्रह गर्नु भयो ।

हतास मानसिकतामा गएर काँचो स्याउ टिपेर बजारमा लिँदा भनेअनुरुपको मुल्य पनी नपाइने गुणस्तर समेत खस्कदै गई बजारीकरणमा समस्या आउने भएकाले प्राबिधिकको सल्लाहामा पूर्णरुपमा पाकीसकेपछि मात्र बजारमा लैजादा उपभोक्ताको माग बढ्नुका साथै स्याउ कृषकको आर्थिकोपार्जनमा टेवा पुग्ने रोकायाको भनाई थियो ।

महोत्सबको अवसरमा कृषकको स्याउ फारम समेतको स्थलगत अवलोकनले आफुलाई स्याउखेतिबारे ज्ञान लिने अवसर प्राप्त भएको र जिँउ गाउँको स्याउको बजारीकरणको लागि नगरपालिकाले कृषकका फारमै गाडि पुर्याउन सडक निर्माणमा जोड दिनु पर्नेमा प्रमुख अतिथि रोकायाले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले स्याउ बगैचामै महोत्सब आयोजना गरि स्याउ फारमको अवलोकन गर्न पाउँदा रमाइलो अनुभूति भएको बताउनु भयो ।

जिल्लाको स्याउलाई बजारीकरण गर्न र प्रचारप्रसारका लागि सबै कृषकहरुको सहभागिता जनाउने गरि जिल्लास्तरमा विशेष महोत्सबको आयोजना गर्न कृषि विकास कार्यालयलाई सुझाव दिदै स्याउ खेती सम्बन्धि चौविस हप्ताको कृषक पाठशालाको संचालन गर्नु महत्वपुर्ण भएको बताउनु भयो ।

आफुलाई समेत ज्ञानसिप हासिल गर्ने अवसर मिलेको उल्लेख गर्दै बजार ब्यवस्थापनको लागि कृषकले नआत्तिएर बोटमै पुर्णरुपमा पाक्न दिएर ब्रान्ड दिएर बजार लिन सके र सडकको पहँच पुगेमा कृषकको घरमै ब्यापारी पुगेर स्याउ खरिद गर्नेमा तछाडमछाडको अवस्था सृजना हुने प्रजिअ दाहालले उल्लेख गर्नु भयो ।

नेकपा एमाले पुर्व सासँंद बदमीक्वारी बोहोराले राम्रोसंग नपकेसम्म बजारमा नलैजान अनुरोध गर्दै छिमेकी मुलुक चिनले कृषकलाई आयत निर्यातमा समेत राहत दिएको कारण त्यहाँका कृषक जीवनस्तर उच्च रहेकाले स्थानीय सरकारले पनि कृषकको उत्पादनमा कर लगाउन नहुनेमा जोड दिनु भयो ।

लगनसिल र कर्मसिल भएर कृषिमा सर्मपित भएमा आत्मनिर्भर भई कसैसंग भिख माग्नु नपर्ने भएकाले त्रिपुरासुन्दरी नगरपालिकाको जिँउ र रंगमा धेरै जमिन बाँझो रहेकाले खनजोत गरि स्याउ दाँतेओखर लगाउन कृषकलाई पुर्व सासंद बोहोराले सुझाउनु भयो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले स्याउ ब्यावसायि बन्न र खेति गर्न जिँउ गाउँको माटो परिक्षण गर्नु आवश्यक रहेको स्याउ बगैचा अनुगमन गर्दा स्याउका विरुवाले दिएको उत्पादनले प्रस्ट पारेको बताउनु भयो ।

स्याउ खेती गर्दा हावापानी माटो भुगोलको पुर्व अध्यायन गरिनुका साथै विषदी प्रयोगमा ख्याल गर्नु पर्नेमा प्रमुख अधिकारीको जोड थियो ।

स्याउको बाहिरी बजारीकरणको लागि प्रचारप्रसार गर्न र जिल्लास्थित सरोकारवालाको स्याउ खेतिको अवस्था प्रति ध्यानाकर्षण होस भनेर महोत्सबको आयोजना गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन स्याउजोन कार्यक्रममा प्रमुख गोविन्द बहादुर मल्लले स्वदेशी लगानीमा ०७६।०७७ देखि स्याउ जोनले विशिष्टीकरण क्षेत्र पहिचान गरेर कृषि विकास कार्यालय र स्याउ जोन कार्यक्रमले समन्वय गरेर विभिन्न स्थानीय तहमा स्याउ दाँतेओखर सिमि र आलुको पकेट क्षेत्र बनाएर कार्यक्रम संचालन भइरहेको बताउनु भयो ।

एकले अर्काे कृषकको फर्म (फारम)अवलोकन गरेर सिकाई गर्दा ज्ञानसिप प्राप्तीमा सहज हुने भएकाले पाठशाला समेत संचालन भई सम्पन्न भएको प्रमुख मल्लले बताउनु भयो ।

महादेब फलफूल बगैचा उद्योगका प्रोपराईटर कृषक रामबहादुर गुरुङले यत्तिखेरजिँउ गाउँको माटो रभूमि रमाएको बताउनु भयो ।उहाँले भन्नु भयो “स्याउ महोत्सबले जिल्लाभरका उच्च तहका कार्यालय प्रमुख जनप्रतिनिधि र राजनीतिक दलका प्रमुखहरुलाई गाउँमा उत्पादित स्याउ फारमहरुले दर्शन गर्ने अवसर पाउदा मोक्ष प्राप्त गरेको छ ।”

आफुले ०६५।०६६ बाट बगैचा शुरु गरेको र हिमाली प्रोजेक्ट मार्फत स्याउ खेती गरेर अहिलेको अवस्थामा पुगेको उल्लेख गर्दै पुर्व नगर प्रमुख स्वर्गीय ओमबहादुर बुढाको देनमा यत्तिखेर त्रिपुरासुन्दरी नगरपालिका फलफूल खेतीमा आत्मनिर्भरको बाटोमा लागेको बताउनु भयो ।

पाठशालामा सिकेको सिप र ज्ञानका आधारमा लगाइएका स्याउका विरुवा परम्परागत विधिबाट लगाएको विरुवाको तुलनामा राम्रो फसल दिन सफल भएको पनि कृषक गुरुङको भनाई छ ।

२४ हप्ता सम्म संचालन भई सम्पन्न भएको कृषक पाठशालामा सहभागि भई प्रथम स्थान हासिल गर्ने सुद्दु बोहोरा दोस्रो हुने नौरति बोहोरा र तृतिय हुने बहादुर रोकायालाई नगदपुरस्कार सहित प्रमुख अतिथि श्यामबहादुर रोकायाले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

त्यस्तै गरि अन्य सहभागि कृषकलाई प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहाल त्रिपुरासुन्दरी नगरउपप्रमुख देविघर्तिले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रममा ठुलिभेरीनगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष भक्त भण्डारी त्रिपुरासुन्दरी नगरपालिका ३ का वडाअध्यक्ष भक्तबहादुर केसि कृषक रन्जित बोहोरा लगायतले स्याउ उत्पादनको अवस्था कृषकले भोक्नु परेका समस्या कृषि सम्बन्धित कार्यालयले खेल्नु पर्ने भूमिकाका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो ।महोत्सबमा सहभागि प्रमुख अतिथि लगायतका अतिथिहरुलाई बाजागाजाका साथ स्वागत तथा विदाई गरिएको थियो ।

महोत्सबमा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा सुरक्षा निकायाका प्रमुख विभिन्न राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि निर्वाचित जनप्रतिनिधि सर्वसाधारण र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।महाेत्सबकाे अवसरमा अगुवा कृषक रामबहादुर गुरुङ रन्जित बाेहरा जनक केसि लगायतका कृषकहरुकाे स्याउ बगैचाकाे अवलाेकन गरिएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!