ताजा समाचार

डोल्पाको करबगाड खोलामा बाढी, बेलिब्रिजमा क्षति

डोल्पा, साउन १९ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करबगाड खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गतको बेलिब्रिजमा क्षति पुर्‍याएको छ।

गएको राति देखिको लगातारको वर्षाका कारण करबगाड खोलामा बाढी आउँदा पुलको दक्षिण तर्फको भागको तल्लो जमिन कटान भई पुल जोखिममा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी रुकबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार आइतबार बिहानैदेखि बाढीले उच्च जोखिम बनाएको स्थानमा सुरक्षाकर्मीहरू खटाइएको छ। बेलिब्रिज भत्किन सक्ने सम्भावना रहेकाले ठूला मालवाहक सवारीको आवागमनमा रकडाई गरिएकाे छ ।साना सवारी साधनहरूलाई आवश्यक सुरक्षाको व्यवस्था गरी आवतजावत गर्न दिइएको छ।

घटनाको जानकारी भेरी करिडोर परियोजनालाई प्राप्त हुना बित्तवित्तिक तत्कालको लागि खोलाको बहाव मोड्न अस्थायी रूपमा डोजर प्रयोग गरी काम भइरहेको भेरिकरिडाेर कार्यालय डाेल्पाका सव ईन्जिनियर माेतिप्रसाद बुढाले जानकारी दिए ।

करबगाड खोलामा पटकपटक बाढी आउने गरेको हुँदा यस क्षेत्र सधैं जोखिममा रहने गरेको छ। डोल्पामा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेकाले ठूलीभेरी नदी किनारमा बसोबास गर्ने नागरिकहरूलाई सावधानी अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया