ताजा समाचार

३ महिनामा २ हजार पर्यटकले गरे फोक्सुण्डो भ्रमण

डोल्पा,कार्तिक १५ गते ।फोक्सुण्डो तालको दृश्यअवलोकन गर्न आउने पर्यटकहरुको संख्यामा बृद्दि भएको छ ।सडक यातायातको पहुँचसंगै यहाँ आउने पर्यटकको संख्यामा बृद्दि भएको हो ।शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाडका रेन्जर यज्ञराज रोकायका अनुसार भदौ देखि कार्तिक १५ गते सम्म मात्र विदेशी तथा आन्तरिक गरि दुई हजार पर्यटकले फोक्सुण्डो तालको अवलोकन गरेका छन ।सडक यातायातको पहुँचसंगै डोल्पा घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य बृद्दि भएको रेन्जर रोकायको भनाई छ ।पछिल्लो समय फोक्सुण्डो ताल हेर्न आउने पर्यटकहरुमा सबैभन्दा आन्तरिक रहेका छन ।निकुन्ज कार्यालयका अनुसार भदौ देखि कार्तिक १५ गते सम्म आन्तरिक पर्यटक १ हजार ८ सय उन्नाईस सार्कमुलुकका ३ र विदेशी एक सय दुई गरेर १ हजार नौ सय चौबिस जना फोक्सुण्डो ताल हेर्न आएका हुन ।कार्तिक १ देखि १५ गते सम्म मात्र  १ हजार दुईसय सन्ताउन्न जना पर्यटक फोक्सुण्डो ताल घुम्न आएका हुन ।फोक्सुण्डो ताल जाने प्रवेशद्दवार सुलिगाडस्थित निकुन्ज कार्यालय नजिक भिमपुलसम्म नै मोटरसाईकलवाटै यात्रा गर्न सकिने भएपछि आन्तरिक पर्यटकको संख्या ह्रवात्तै बढेको हो ।मोटरसाईकलवाट फोक्सुण्डो ताल हेर्न आउने पर्यटकको संख्यामा ह्वात्तै बृद्दि भएपछि सुलिगाडस्थित भिमपुलनजिक निकुन्ज सुरक्षार्थ नेपाली सेनाको सुरक्षा चेक प्वाइन्टमा मोटरसाईकल पार्किङको सुविधा नभएपछि बेवारिस अवस्थामै सडकको दुई किनारमा मोटरसाईकल पार्किङ गर्नु पर्ने अवस्था छ ।

जाजरकोट खलाङ्घाका डेलिस आरसिले आफ्नो फोक्सुण्डो हेर्ने बषौदेखिको सपना बल्ल पुरा भएको बताए ।फोक्सुण्डो तालको धेरै महिमा सुनेको थिए तर सुनेको र टेलिभिजनमा देखाइएको भन्दा पनि अधिक सुन्दर रहेछ अहिले आफै तालमा पुगेर आएपछि थप सुन्दरता थाहा भयो आरसिले भने ।फोक्सुण्डो ताल हेर्दा जति सुन्दर र अलौकिक छ त्यसको बयान गर्न नसकिने भन्दै सुलिगाडदेखि ताल सम्म पुग्ने अब्यवस्थित बाटोले पर्यटकलाई केहि कठिनाई हुने गरेको भएपनि  पुर्ववत अवस्थाको वाटोलाई समय समयमा सम्बन्धित निकायले मर्मत गर्नु पर्ने बताए ।काठमाण्डौ देखि फोक्सुडो ताल सम्म पुगेर फिर्ता भएका अनिशसिं ठकुरीले आफ्नो अधुरो जीवन तालमा पुग्दा पुर्ण भएको बताए ।उनले भने कतै फोक्सुडो नपुगेर जीवन नै अधुरो हुन्छ कि भन्ने सोचेको थिए तर पुर्ण भयो मोक्क्ष प्राप्ती भयो ।सडक यातायातको सुविधा क्रमश विस्तार हुदै जाला यो नियमित प्रकृया हो ।तर हाल जाजरकोटको तल्लुबगरदेखि दुनै सम्म सन्चालन हुदै आएका जीपहरुको उचित ब्यवस्थापन र चर्को भाडादर नियन्त्रणमा  सम्बन्धित निकायको ध्यान पुग्न सके पर्यटकलाई सुविधा पुग्ने ठकुरीको भनाई छ ।यसै गरी सुलिगाड देखि ताल सम्म संचालनमा रहेका होटलहरुमा मुल्य एकरुपता नभएकाले पर्यटकहरुले चर्को मुल्य तिर्नु पर्ने बाध्यता रहेकोले मुल्यएकरुपता  ब्यवस्थापन तर्फ स्थानीय प्रशासनले ध्यान दिनु पर्ने समेत उनले बताए ।
वन बन्यजन्तुु, पर्यापर्यटन र प्राकृतिक सम्पदाको दृश्टिकोणले समेत महत्वपुर्ण छ फोक्सुण्डो ताल ।हालको सुलिगाडस्थित भिमपुलनजिकको फोक्सुण्डो प्रवेशद्दवारमा स्थानीय जनतालाई मात्र अनुमति दिई पर्यटकलार्ई सदरमुकाम दुनै भएर फोक्सुण्डो जाने आधिकारिक स्थाई रुट तय गर्न सके र शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाड हुदै फोक्सुण्डो ताल सम्मका होटल ब्यवस्थापन लगायत मुल्य हेरफेरका साथै एकरुपता ल्याउन सके पर्यटकहरुको बसाईको दिन बढेर स्थानीयहरुको आर्थिकोपार्जनमा मद्दत पुग्ने देखिन्छ ।सार्क मुलुक लगायत विदेशी पर्यटकहरुवाट भन्दा पनि आन्तरिक पर्यटकहरुवाट स्थानीयको आर्थिकोपार्जनमा टेवा पुग्ने भएकाले आन्तरिक पर्यटकको डोल्पा बसाईलाई लम्ब्याउन ब्यवस्थापकीय पक्षलाई सुधार गर्नु जरुरी भएको स्थानीय जयकृष्ण हमालले बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!