ताजा समाचार

त्रिपुरा माबि काटियाचाैरकाे पुस्तकालय र स्टाेर काेठामा अज्ञात ब्यक्तिद्वारा ताेडफाेड र चाेरी 

डाेल्पान्यूज डेक्स

त्रिपुरासुन्दरी नगरपालिका- १ त्रिपुराकाेटस्थित त्रिपुरा माबि काटियाचाैरमा गएराति  अज्ञात ब्यक्तिद्वारा ताेडफाेड  भएकाे छ । अज्ञात ब्यक्तिले  विद्यालयकाे पुस्तकालय काेठा र स्टाेर काेठाकाे झ्याल ढाेका ताेडफाेड गर्नुका साथै ताला समेत ताेडफाेड गरेकाे छ ।

महत्त्वपूर्ण उपकरणका साथै स्टाेर काेठामा बालवालिकाकाे दिवा खाजाकाे लागि राखिएकाे ४० केजी सिमि  विस्कुट लगायतकाे उपभाेग्य बस्तु समेत चाेरी भएकाे त्रिपुरा माबि काटियाचाैरका शिक्षक रमानन्द उपाध्यायले जानकारी दिनु भयाे ।

याे पटक समेत गरेर विद्यालयमा ताेडफाेड गरि चाेरी भएकाे चाैथाे पटक हाे ।यसअघि पनि विद्यालय ताेडफाेड गरि ल्यापटप घण्टी गिलास तेल सावुन लगायतका सामान चाेरि भएकाे थियाे ।

हिउँदे विदा भएकाे माैका छाेपि विद्यालय ताेडफाेड हुँदै आउने गरेकाे छ ।त्रिपुराकाेट प्रहरी चाैकीबाट खटिएकाे प्रहरी घटनास्थल पुगि ताेडफाेड गरि चाेरी भएकाे विद्यालयकाे प्रारम्भिक अनुसन्धान समेत गरेर फिर्ता भएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!