ताजा समाचार

त्रिपुरासुन्दरीको हिउँदे नगर सभामा स्वास्थ्य शाखा प्रमुख श्रेष्ठ सम्मानित !

पुर्ण सार्की/डोल्पा न्युज। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठ सम्मानित भएका छन्।

शुक्रबार सम्पन्न नगरपालिकाको १२ औं हिउँदे नगर सभामा स्वास्थ्य शाखा प्रमुख श्रेष्ठलाई उत्कृष्ठ कर्मचारीको रूपमा सम्मानित गरिएको हो।

स्वास्थ्य शाखा प्रमुख श्रेष्ठ नगरपालिकाको अरु शाखाहरुको तुलनामा उत्कृष्ठ काम गर्दै आइरहेका छन्। । नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्थालाई सुधारोन्मुख गर्नलागि अहोरात्र खटिँदै समेत आएका छन्।

विगतमा आएका शाखा प्रमुख भन्दा श्रेष्ठले गरेका कामका कारण त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था अन्य पालिकाको भन्दा एकदम राम्रो हुँदै आइरहेको छ । सम्मानित भएँ सगै शाखा प्रमुख श्रेष्ठले नगरपालिका परिवारलाई धन्यवाद समेत व्यक्त गरेका छन्।

श्रेष्ठले आफ्नो गरेको कामका कारण सम्मानित हुन पाउँदा खुसी हुँदै, आगामी दिनमा समेत नगरपालिका भित्रको स्वास्थ्य क्षेत्रको अवस्थालाई सुधारोन्मुखको लागि अहोरात्र खटिने सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

शाखा प्रमुख श्रेष्ठ सगै हिउँदे नगर सभामा नगरपालिकाका वास एकाई संयोजक धन प्रसाद बुढा सम्मानित भएका हुन्।

तपाइको प्रतिक्रिया

error: Content is protected !!