डाेल्पा मुड्केचुला-३ भेरीकुनाका धनबहादुर सिंहकाे ५ काठे एक तले घर आगलागीवाट पुर्णरुपमा क्षेति भएकाे छ ।
ईलाका प्रहरी कार्यालय कालिकाका अनुसार आगलागीबाट झण्डै तीन लाख बराबरकाे क्षेति भएकाे छ ।२१ चैत २०८० अपरान्ह २ बजेर ३० मिनेटकाे समयमा ५ काेठे एक तले माटाे र ढुङ्गाले बनेकाे कच्ची घर अचानक आगलागी भएकाे थियाे ।
आगलागीकाे खवर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक रामसिंह धामीकाे कमाण्डमा ७ जनाकाे टाेलि खटिइ गएकाे प्रहरीकाे टाेलिले स्थानीयकाे सहयाेगमा पुर्णरुपमा आगाे निभाउने कार्य अपरान्ह ४ बजे सफल भएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पा प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले बताए ।
आगलागीबाट मानवीय तथा चाैपाय क्षेति केही नभएकाे बताईएपनि आगलागी के कसरी लाग्याे भन्ने कारण खुलाइएको छैन ।