/तस्बिर : दाने बाेहाेरा हुम्ला
विष्णुप्रसाद देवकोटा
सुर्खेत ,पुस ९ गते ।हिमाली जिल्ला हुम्लामा दाेर्साे पटक हिमपात भएकाे छ ।
साेमवार दिनभर माैसम सफा रहेपनि राति ३ बजेबाट एक्कासि पानीपछि हिमपात भएकाे हाे ।सदरमुकाम सिमिकाेटमा समेत डेढ इन्च सम्म हिउँ जमेकाे हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयाे ।
साेमबार दिनभर माैसम सफा थियाे तर राति तीन बजेदेखि अत्याधिक मात्रामा हावाहुरी संगै बर्सेकाे पानी हिउँदमा परिणत भएकाे थियाे ।अहिले त हुम्ला सेताम्य बनेकाे छ हुम्लाका संचारकर्मी दाने बाेहाेराले भन्नू भयाे ।
उत्तरी नाम्खा गाउपालिकामा पर्ने यारी लिमि हन्जी तील हिल्सा लगायतका उच्च स्थानमा बाग्लाे हिमपात भएपछि अत्यधिक बढेकाे चीसाेले जनजीवन कस्टकर बन्नुका साथै आवतजावतमा समस्या भएकाे छ। ।लामाे समयपछि परेकाे हिमपातले किसानहरु खुशि भएका छन ।