ताजा समाचार

वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न

जिल्लामा  वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

शे फोक्सुण्डो राष्ट्यि निकुन्ज सुलिगार्ड डोल्पाको आयोजनामा स्थानीयतह स्तरीय वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे । जिल्ला समन्वय समिति दुनै डोल्पाको सभाहलमा गरिएकाे अभिमुखिकरण कार्यक्रममा  त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिका जनप्रतिनिधिहरु लगाएतका विभिन्न सरोकारवाल निकायको सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा  डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुन बहादुर रावत र शे फोक्सुण्डो राष्ट्यि निकुन्ज डोल्पाका प्रमुख बिश्वबाबु श्रेष्ठले वन डढेलाे नियन्त्रण र राेकथाम लगायतका विषयहरुमा सहजिकरण गरेका थिए ।

बढ्दो खडेरीको कारण डोल्पामा हुने वन डढेलो कसरी रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ भन्ने बिषयमा सहभागिहरु विच समूह छलफल समेत गरिएकाे थियाे ।

डाेल्पाका हरेक गाउँ वस्तीहरुमा वन डढेलो नियन्त्रण तथा रोकथामका विभिन्न कार्यक्रमहरु संचालन गरि सचेतना फैलाउन डोल्पाका आठ वटै स्थानीय तहलाई जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाले निर्देशन दिए ।

कार्यक्रममा   बोल्दै त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका नगर प्रमुख जनचन्द्र रोकायाले वन डढेलो र वन विनाशले हामी हाम्रो समाजमा पर्ने असरलाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रणको लागि नगरपालिका भित्रका सवै वडामा सवै वन समितिलाई र गाउँ वस्तीहरुमा सचेतनाको कार्यक्रमहरु गरिने बताए

ठुलीभेरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेजेन्द्र बहादुर रोकाया र त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र कुलालले वन डढेलो नियन्त्रण तथा रोकथामको लागि सवै तह तप्काका निकाय जिम्मेवार हुनुपर्नेमा जाेड दिएका थिए ।

।मनपरी वन डढेलोले भावी पुस्तालाई असर गर्ने हुदा वन डढेलो जस्तो अपराधमा सामेल हुने जो कोहिलाई कडा कारबाही पनि गर्नुपर्ने उनले बताए ।

खडेरी संगै स्थानीय बासिन्दाको लापरवाहीको कारण वन डढेलो लाग्ने सक्ने हुनाले रोकथाम तथा नियन्त्रणको लागि सवै सरोकारवाला निकाय सचेत रहन शे फोक्सुण्डो राष्ट्यि निकुन्ज डोल्पाका प्रमुख बिश्व बाबु श्रेष्ठले आग्रह गरेका छन ।

डिभिजन वन कार्यालय डाेल्पाकाे तथ्यांक अनुसार डाेल्पाका आठ वटा स्थानीय तह मध्य  सबैभन्दा बढि वन क्षेत्रले ढाकेकाे त्रिपुरासुन्दरी नगरपालिका हाे भने सबैभन्दा कम वन क्षेत्रले ढाकेकाे डाेल्पाेबुद्व गाउँपालिका रहेकाे छ।

डाेल्पामा ३१.४७ प्रतिशत भुभाग घाँस क्षेत्रले ढाकेकाे छ भने ५९.२६ प्रतिशत भुभाग भिरपाखा चट्टानले ढाकेकाे छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!