डाेल्पान्युज डेक्स
बाढी पीडित डाेल्पा जिऊ गाउँका चार घरपरिवारलाई त्रिपुरासुन्दरी नगरपालिकाले राहत वितरण गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहल त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकाया सहितकाे संयुक्त टाेलिले बाढी पीडित जिउँ गाउँमै पुगेर राहत वितरण गरेकाे हाे ।
०८१ साउन १२ गते राति परेकाे अविरल बर्षापछि त्रिपुरासुन्दरी नगरपालिका-३ जिउँ गाउँबाे बस्तीमाथिवाट आएकाे बाढीले चार घर र नजिकै रहेकाे महादेब आधारभुट विद्यालयमा क्षेति पुर्याएकाे थियाे ।
प्रमुख जिल्ला अधिकारी दाहल सहित नगरप्रमुख राेकायाकाे राहत टाेलिले पीडित चार घरपरिवारलाई प्रतिघर दुई कठ्ठा चामल म्याट्रेस त्रिपाल बलाङकेट लगायतका राहत सामाग्री वितरण गरेकाे स्थानीय रामबहादुर गुरुङले बताउनु भयाे ।
यसैगरी प्रजिअ दाहाल र नगरप्रमुख राेकाया सहितकाे टाेलिले बाढीले क्षेति पुर्याएकाे महादेव विद्यालयकाे समेत अबलोकन र क्षेतिमुल्याङकन गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले प्रारम्भिक रुपमा प्रशासन र त्रिपुरासुन्दरी नगरकाे संयाेजनमा राहत वितरण गरिएकाे बताउनु भयाे ।उहाँले भन्नू भयाे ” बाढीले क्षेति पुगेकाे विद्यालयकाे प्रहरी मुचुल्का तयार गरि पठाउन निर्देश दिइएकाेले मुचुल्का तयारपिछ सम्बन्धित निकायमा आबश्यक पहल गरिने छ ।”