नेकपा( एमाले) निकट भातृसंगठन नेपाल निजामती कर्मचारी संगठन डाेल्पाकाे ११ औ जिल्ला अधिबेशन जिल्ला समन्वय समितिकाे सभाहलमा शुरु भएकाे छ ।
संघीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमकाे सम्मान राजनीतिक अधिकार सहितकाे ट्रेड युनियन हाम्राे अभियान भन्ने मुल नारासहित शुरु भएकाे जिल्ला अधिबेशनकाे नेकपा एमाले डाेल्पाका अध्यक्ष लंकबहादुर राेकायाले पानसमा दिपप्रज्वलन गरेर उद्घाटन गर्नु भएकाे छ ।
जिल्लामा सशम्क्त र ठूलाे संगठन मानिएकाे निजामती कर्मचारी संगठनकाे नयाँ नेतृत्व सर्वसहमतिमा सम्भवत आजै चयन हुने निजामती कर्मचारी संगठनका अध्यक्ष बाले बाेहाराले जानकारी दिनु भयाे ।जिल्लाभर रहेका एक सय भन्दा बढी कर्मचारीहरु कार्यक्रममा सहभागी भएका छन ।