डोल्पा,पुष ११ गते ।कर्णाली प्रदेश सरकार सामाजिक विकास कार्यालय डोल्पाको पत्रकार अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय डोल्पा मातहत जिल्लामा गएको वर्ष संचालित कार्यक्रमको वार्षिक प्रगती समिक्षा र चालु आवमा संचालन हुने कार्यक्रम र विनियोजित बजेटका सम्बन्धमा जिल्लास्थित संचारकर्मिीहरुको लागि आयोजित एक दिवसीय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम दुनैमा सम्पन्न भएको हो ।
बार्षिक प्रगती समिक्षा तथा अभिमुखिकरण कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख धनबहादुर शाहीले चालु आबको लागि चालु तर्फ १ करोड ३४ लाख तिस हजार पूजिगत तर्फ ४ करोड ७२ लाख र कार्यालय ब्यवस्थापन तथा कर्मचारी तलबभत्ता १ करोड ५४ लाख पचास हजार गरेर ७ करोड ६० लाख असी हजार रुपिंयां प्राप्त भएको जानकारी दिए ।
त्यस्तै गरी दलित समुदाय शसक्तिकरण तथा अपाङ्ग क्षमता विकास महिला बालवालिका शाखाका कर्मचारी अभिमुखिकरण लैङ्गिक सामावेशिता महिला उद्यमशिलता विकास शिक्षा शाखा अधिकृत अन्तरक्रिया जोखिम बालबालिका सहयोग बेसहरा बालवालिका संरक्षण कार्यक्रम सामाजिक विकृती विरुद्द अभियान विद्यालय प्रविधिमैती सहयोग लगायतका कार्यक्रम सम्बन्धित क्षेत्रसंग प्रस्तावना मागका साथै सम्झौता गर्ने काम भइरहेको कार्यालय प्रमुख शाहीले बताए ।
यस्तै गरी डोल्पाका दुई ओटा क्याम्पस सहयोग खेलकुद विकास बालविकास केन्द्र सामाग्री अनुदान विद्यालय सुधार कार्यक्रम योजना निर्माण सहयोग किशोरकिशोरी रुपान्तरण बालमैत्री शासन प्रर्वदन जेष्ठनागरिक सहयोग संचारकर्मि अन्तरक्रिया कार्यक्रम बाबुछोरी सहयोग छात्रबृति बिपद ब्यवस्थापन जस्ता लोकप्रिय कार्यक्रम संचालनको क्रममा रहेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।
आर्थिक वर्ष ०८०।०८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ठूलिभेरी नगरपालिका– ११ मा रहेको शुभकामना आधारभूत विद्यालय त्रिपुरासुन्दरी नगरपालिका– ७ को औतारी आधारभुत विद्यालय शे फोक्सुण्डो गाउँपालिका–२ को मुकोट आबि मुड्केचुला गाउँपालिका–८ को कैलाश आबि जगदुल्ला गापा–३ स्थित महादेव आबि काइके गापा–३ को सगरमाथा आबि र छार्काताङसोङ्गको सयपत्री आधारभुत विद्यालयमा ४ कोठे पक्की भवन निर्माण गरिने छ ।
विद्यालय भवन निर्माणको लागि प्रत्येक विद्यालयलाई पचास हजार बजेट प्राप्त भएको र कार्यालयको प्राविधिक मुल्यांङ्घनको आधारमा भुगोल अनुसार भुक्तानी गरिने समेत सामाजिक कार्यालयले जनाएको छ ।गत आर्थिक वर्षमा पनि प्राप्त बजेट र भौतिक संरचना निर्माणका लागि छनौट भएका विद्यलायहरुमा घेराबार भवन निर्माण शैक्षिक उपकरण लगायतका क्षेत्रमा काम गरेर ७९ प्रतिसत प्रगती भएको कार्यक्रममा प्रमुख शाहीले बताए ।
कार्यक्रमलाई प्रभावकारी र पारदर्शिरुपमा कार्यान्वयन गर्न जिल्ला समन्वय प्रमुख प्रमुख जिल्ला अधिकारी स्थानीय जनप्रतिनिधि र संचारकर्मिहरु समेतको सामुहिक अनुगमन नियमन गर्ने गरिएको सुचनाको हक सम्बन्धि कार्यालय कर्मचारीलाई तालिम प्रशिक्षण संचालन गरिएको समेत कार्यक्रममा सहभागी संचारकर्मिलाई जानकारी गराइएको थियो ।
कार्यक्रम छनौट संचालन र प्रभावकारीताका बारेमा संचारकमिले विभिन्न जिज्ञासा राखेका थिए ।सुझाव दिने क्रममा संचारकर्मिले कतिपय कार्यक्रमहरु प्रदेशबाटै तोकेर आउने गर्नाले स्थानीय आवश्यकता र पहिचानका आधारमा संचालन हुननसक्दा प्रभावकारी बन्न नसक्नुका साथै कतिपय कार्यक्रमहरु संचालनहुन नसकेर फिर्ता जाने गरेकाले आगामी आवहरुमा स्थानीयस्तरबाट आवश्यक्ता रमागको आधारमा कार्यक्रम छनौट तथा वजेट विनियोजन गर्न सकेमा थप प्रभावकारी बन्ने बताएका थिए ।