कर्णाली प्रदेश सरकारका भाैतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले त्रिपूरासुन्दरी नगरपालिका ३ र ४ मा पर्ने खोरखोला देखि जीउँ सु गाउँ हुँदै रङ्ग गाउँसम्मकाे निर्माणाधीन सडककाे अनुगमन गर्नु भएकाे छ।
कर्णाली प्रदेश सरकारका बुढाले गृह जिल्ला आएको बेलामा आफ्नाे मन्त्रालयको मातहतमा निर्माणाधिन उक्त सड्ककाे आईतवार स्थलगत अनुगमन गर्नु भएकाे हाे ।
डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत र पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितान सहित सञ्चारकर्मिहरुकाे संयुक्त टाेलिले सड्कको स्थलगत अनुगमन गरेकाे भाैतिक पूर्वाधार विकास कार्यालय डाेल्पाले जनाएकाे छ ।
श्री जिटी कन्सटर्कशन बिरेन्द्रनगरले २०८१ साल असार १९ गते सम्झौता गरेर काम थालेको पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले जानकारी दिनु भयाे ।
कार्यालय प्रमुख हितानका अनुसार कुल ४ करोड ४५ लाख ९० हजार ४ सय ६४ रुपैया २० पैसामा उक्त सड्ककाे निर्माण कार्य भईरहेकाे छ ।सड्क निर्माणकार्य २०८३ साल असार १८ गते भित्र सम्पन्न गरी सक्नुपर्ने छ।
द्रुतगतिमा काम हुनुका साथै मापदण्ड अनुसार काम भएकोमा मन्त्री बुढाले खुशि ब्यक्त गर्नु भयाे ।सम्झौता अवधि भित्र निर्माणकाे काम सम्पन्न भएमा भुक्तानीमा कुनै समस्या नहुने मन्त्री बुढाकाे भनाई थियाे ।यो सड्क निर्माण भएमा स्थानीयलाई त्रिपूरासुन्दरीको- ४ वाट ३ नम्वर वडा हुदै सिधै जुफाल बिमानस्थल जान सहज हुनेछ ।