नेकपा(एमाले) जिल्ला कमिटी डाेल्पाकाे दोस्रो बैठक सम्पन्न भएकाे छ ।दोस्रो पूर्ण बैठकले ठुलीभेरी नगरपालिकामा नगर कमिटीको बैठक माघ १९ गते भित्र गरि सक्नुका साथै आगामी फागुनको १० गते भित्र पालिका अधिवेशन सम्पन्न गरी सक्नु पर्ने निर्णय गरेकाे छ ।त्यसै गरी त्रिपुरा सन्दरी नगरपालिकाले माघ २० गते बैठक गरेर माघ मसान्त भित्र पालिका अधिवेशन गर्रि सक्नु पर्ने निर्णय गरेकाे छ ।
मुड्केचुला गाउँपालिकामा माघ २३ गते बैठक वसि फागुन ७ गते पालिका अधिवेशन गर्नुपर्नेछ भने काईके गाउँपालिकामा माघ २२ गते बैठक गरी केहि आन्तरिक प्रकृया पूरा गरी २७ गते पालिका अधिवेशन गर्नु पर्ने छ ।
यसका साथै जगदुल्ला गाउँपालिकाले भने पालिका अधिवेशनका साथै पार्टिका पालिकामा हुने सबै गतिविधिहरु सम्पन्न गरी सकेको र टोल कमिटीकाे काम मात्रै गर्नेछ । यसै गरी शे–फोक्सुण्डो गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा उच्च हिमाली पालिका भएको कारण बैशाख १ गते २०८२ देखी पालिका अधिवेशनका कार्यक्रमहरु गरिने (नेकपा) एमाले डोल्पाका पार्टि सचिव जनक केसीले जानकारी दिनु भयाे ।
नेकपा (एमाले )डोल्पा जिल्ला कमिटीको दोस्रो बैठकले पार्टिमा लामो समयदेखी बैठक लगायत पार्टीको जिम्मेवारीमा रहेर पार्टीका क्रियाकलापमा सहभागि नुहने केहि नेता तथा सदस्यहरुलाइ स्पष्टिकरण समेत सोध्ने भएको छ ।
२०७९ को निर्वाचनमा संघको निर्वाचनमा भाग लिएका गणेश बहादुर शाही र मुड्केचुला गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नरेन्द्र शाहीलाइ जिल्ला पार्टिले स्पष्टिकरणा सोध्ने निर्णय भएकाे(नेकपा) एमाले डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिनु भयाे ।
सोमवार बसेको पार्टीको पूर्ण बैठकले सचिवालय समेत गठन गरेको छ ।गठन गरिएकाे सचिवालय १३ सदस्यिय छ । ८ जनालाई जिल्ला कमिटीमा मनोनित समेत गरिएको छ । यसका साथै पार्टिको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गर्नुका साथै ३ महिने अभियानलाइ केन्द्रीत गरेर पार्टि वडा स्तरमा पुगेर काम गर्ने गरि निर्णय गरेको पार्टी अध्यो लंक बहादुर रोकायाले बताउनु भयाे ।