ताजा समाचार

दलित समुदायबाट एमयूकाे आमसञ्चारमा स्नातकोत्तर गर्ने पहिलाे व्यक्ति बने टेकेन्द्र विश्वकर्मा

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर देखि प्रकाशित जनचासाे खबर दैनिकका सम्पादक टेकेन्द्र विश्वकर्मा मध्यपश्चिम विश्वविद्यालयकाे आमसञ्चार तथा पत्रकारिता विभाग अन्तर्गत दलित समुदायबाट (एमए जेएमसी) स्नातकोत्तर तह उत्तीर्ण गर्ने पहिलाे व्यक्ति बनेका छन् । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा पत्रकारिता विषयमा स्नातकोत्तर सुरु भएकाे वर्ष सन् २०२० को पहिलो ब्याचमा भर्ना भएका २५ जना विद्यार्थीमध्ये दलित समुदायका उनी एक जना मात्रै हुन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीकाे उपस्थितिमा विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तह उत्तीर्ण भएका विद्यार्थीलाई दीक्षीत गरिएको हाे । नेपाल पत्रकार महासंघ सुर्खेतमा दुई कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल सहसचिव भइसकेका विश्वकर्मा सुर्खेतबाट प्रकाशित जनचासो खबर दैनिकका सम्पादक तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

उनले विगत लामो समय देखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा कलम चलाउँदै आएका छन् । २०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयको तेश्रो दीक्षान्त समारोहमा हाल तीन हजार ८४१ जना विद्यार्थी दीक्षित भएका छन्।

तपाइको प्रतिक्रिया

error: Content is protected !!