ताजा समाचार

नटबाेल्ड अभावले  राेकिएकाे तल्लुबगरकाे बेलिब्रिज पुलकाे निर्माण कार्य शुरु  

दुई साता भित्र सम्पन्न गर्ने गरि नटबाेल्ड अभावले  राेकिएकाे तल्लुबगरकाे बेलिब्रिज पुलकाे निर्माण कार्य शुरु भएकाे छ ।

भेरी करिडाेर भित्र पर्ने नलगाड नगरपालिका-१२ तल्लुबगर र आठबीसकाेट नगरपालिका- ६ छहरेवगर रुकुम पश्चिम जाेड्ने भेरीनदिमाथिकाे निर्माणाधीन बेलिब्रिज पुलकाे काम नटबाेल्ड अभावले राेकिएकाे थियाे ।

२०८० पुस मसान्त भित्रमा सम्पन्न गर्ने गरि दाेर्साे पटक गरिएकाे पुलकाे पुनर्निर्माणले ७० प्रतिशत काम सम्पन्न भई सकेर निर्माण कार्यले अन्तिम रुप लिनै थाल्दा नटबाेल्ड अभावमा निर्माण कार्य अवरुद्ध बनेकाे थियाे ।

भेरीकरिडाेर जाजरकोटका ईन्जिनियर महेन्द्र माझीले नटबाेल्डकाे अभावले निर्माण कार्य अवरुद्ध बनेकाे बेलिब्रिजकाे आबश्यक पर्ने नटबाेल्ड लगायतका सामाग्री नेपालगन्जवाट साेमबार मात्र निर्माणस्थलमा पुगेकाे जानकारी दिए ।

ईन्जिनियर माझीले भने “अब नटबाेल्ड लगायतका अपुग निर्माण सामाग्री निर्माणस्थलमा पुगेकाे र अबकाे दुईसाता भित्रमा काम सम्पन्न गर्ने गरि निर्माणकाे बांकी काम शुरु गरिएकाे छ ।”

यस अघि २०७९ असार १५ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरि हिम सगरमाथा खड्का कृष्ण जेभी बसुन्धुरा काठमाडौले भ्याट सहित तीन कराेड चालीस लाखकाे लागतमा सम्झाैता गरि कामकाे जिम्मेवारी लगेकाे थियाे ।

तर सम्झौतामा उल्लेखित समयभन्दा धेरै ढिलाे गरि निर्माण कार्य शुरु गरिएकाे बेलिब्रिज पुल २०८० बैशाख ७ गते निर्माणाधीन अवस्थामै भांचिएर भेरीमा मेसिनसहित खस्दा दुई कामदारकाे मृत्यु हुनुका साथै सात जना कामदार घाइते भएका थिए ।

पुल भांच्चिए पछि सृजित समस्याले निर्माण हुने नहुनेमा उत्पन्न अन्याैलतालाई हटाउन भेरीकरिडाेर सडक निर्माणकाे जिम्मेवारी लिदै आएकाे यत्ति विल्डर्सले दाेर्साे पटक पुल निर्माणकाे लागि हिम सगरमाथा खड्का कृष्ण जेभी बसुन्धरा काठमाडौबाट आपसी समझदारीमा कामकाे जिम्मेवारी लिएकाे ईन्जिनियर माझीले बताए ।

डाेल्पाली जनताकाे भाग्य निर्माणकाे आधार मानिएकाे भेरीकरिडोर मा पर्ने तल्लुवगरस्थित निर्माणाधिन पुलले अन्तिम रुप नलिदा रुकुम जाजरकाेट र डाेल्पाकाे यातायात अलग बनेकाे छ ।

केही समयकाे लागि भेरीनदिमाथि ह्युमपाईप विछ्यार अस्थायी रुपमा सवारी साधन ओहाेरदाेहाेर गर्ने गरिएकाेमा भेरीनदिकाे बहाव बढेपछि भने २०८० चैत १९ गतेबाट ह्युमपाईप झिक्ने हाेहल्ला चलाईएपनि  ह्युमनपाईप भने यथावत रहेपनि पानिकाे बहाब बढेकाले जाेखिम बढेकाे स्थानीय देविप्रसाद शर्माले बताए । जाजरकोट तर्फवाट डाेल्पा तर्फ आएका गाडी तल्लुवगरमा र डाेल्पादेखि जाजरकोट तर्फ जाने यातायातका साधन रुकुम पश्चिमकाे छहरेवगरमा राेकिने गरेका छन ।

१८ चैत २०८० मा जिल्ला प्रशासन कार्यालय डाेल्पामा भेरीकरिडाेर कार्यालय डाेल्पाकम प्रमुख ईन्जिनियर सुनिल रन्जितकार सहित जिल्लास्थित सराेकारवालाहरुकाे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले भेरी करिडोर अन्तरगत जाजरकोट डोल्पा सडक खण्ड भित्रमा रोकिएका सडक र पुल निमार्णका अधुरा कामहरु तत्काल सुचारु गर्न सम्बन्धित निकायलाई   निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!