ताजा समाचार

नयाँ प्रधानाध्यापकसंगै त्रिपुरा माबि काटियाचाैर त्रिपुराकाेटमा सुधारका संकेत

विष्णुप्रसाद देवकोटा

त्रिपुराकाेटकाे काटिंया माबि ठिक छैन,शिक्षक विद्यालयमा नियमित आदैनन् विद्यार्थी छैनन् र आर्थिक पार्दशिता छैन भन्ने भाष्य परिवर्तनको प्रयासमा विद्यालय परिवार जुटेकाे छ ।

यत्तिखेर लामाे समयदेखि काेट मावि ठिक छैन भन्ने लगायतका भाष्य परिवर्तन र विद्यालय सुधारमा नयाँ प्रधानाध्यापककाे पहलकदमीले शुभसंकेतकाे शुरुवात देखिन थालेकाे छ ।

शैक्षिक भाैतिक आर्थिक र सामाजिक सदभावमा समेत लथालिङ्ग त्रिपुराकाेट माबि काटिंयाचाैरमा नयाँ प्रअकाे जिम्मेवारी प्राप्त गरेसंगै तुलबहादुर विष्टले सुधारात्मक पहलका साथै नकारात्मक भाष्यलाई परिवर्तन गर्न सुरुवात गर्नु भएकाे छ ।

विद्यालयमा शिक्षक शिक्षिकाहरु नियमित हुदैनन् शिक्षण पेशालाई भन्दा अन्य पेशालाई प्राथमिकता दिन्छन भन्य अभिभावककाे गुनासाे र अनियमित हुने शिक्षकलाई नियमित गराउन विद्यालयमा विधुतिय हाजिरीकाे थालनी गरिएकाे छ ।

अब्यवस्थित रुपमा विद्यालयलाई नै गिजाेल्ने गरि निर्माण भएका केही पुराना भवन भत्काई प्राङ्गण खुला गरिएकाे छ ।विद्यालय स्थापनाकालदेखि सरस्वतीकाे मन्दिर नभएकाे अवस्थामा मन्दिर निर्माणले अन्तिम रुप लिएकाे छ ।

विद्यालयकाे पंचवर्षिय याेजना निर्माण विद्यालयकाे इतिहास लेखन र विद्यालय सुधार याेजना निर्माण समेत गरि कार्यायाेजना सहित अगाडि बढ्ने निर्णय र निर्णय कार्यान्वयनकाे सुरुवात विद्यालयमा देखिएका परिवर्तनका संकेतहरुकाे रुपमा लिन सकिन्छ ।

सराेकारवालाकाे प्रतिवद्दता ग्रहण 

प्रधानाध्यापकले विद्यालय सुधार वर्तमान विद्यालयकाे कानुनी अड्चनमा देखिएकाे समस्या समाधान संरचनागत शैक्षिक विकासकाे लागि गरिनु पर्ने प्रयास विद्यालयमा आर्थिक ब्यवस्थापन विद्यालय परिवार अभिभावक सामाजिक सराेकारवाला सामाजिक अभियान्ता र विद्यार्थी बीचकाे आपसी सद्भाव आत्मियता अपनत्व र सामाजिक सहिष्णुताकाे लागि सर्वपक्षीय सर्वदलीय सर्वसराेकार पक्ष सहितकाे भेला बैठकबाट प्रतिबद्धता ग्रहण गरिनु विद्यालय परिवर्तनको संकेतकाे रुपमा लिन सकिन्छ ।

२०१७ सालमा स्थापना भएकाे त्रिपुरा माबि काटियाचाैर ६४ आै वर्षमा प्रवेश गरिरहंदा अनेकन शैक्षिक प्रसव पिडामा छटपटाई रहेकाे अवस्था छ ।

विभिन्न शैक्षिक प्रसव पीडा झेल्दै आइरहेकाे अवस्थामा गाैरीशंकर उपाध्याय संयाेजक विष्णुप्रसाद देवकोटा र हरिलाल सार्की सदस्य रहेकाे तीन सदस्यीय सहयाेग समिति समेत गठन गरिएकाे छ ।

उक्त समितिमा प्रधानाध्यापक तुलबहादुर विष्ट र विव्यस अध्यक्ष देविकृष्ण उपाध्याय समेत पदेन सदस्य रहनु हुने छ ।

सहयाेग समितिले विद्यालयकाे संरचनात्मक शैक्षिक अवस्थाकाे विकास देखि समग्र विद्यालय ब्यवस्थापन पक्षमा सहयाेगी कार्यदलकाे रुपमा स्थानीय सरकार प्रदेश सरकार देखि संघीय सरकार सम्ममा पहलकदमी गर्ने छ ।

विशेष कार्यक्रमका बीच गरियाे छात्रवृत्ति वितरण 

विद्यालयमा अध्यायनरत कक्षा १ देखि १० सम्मका छात्र छात्रालाई शैक्षिक सत्र २०८०/०८१काे छात्रवृत्ति रकम वितरण गरिएकाे छ ।

विद्यालयका अध्यक्ष देविकृष्ण उपाध्याय पुर्वविव्यस अध्यक्ष टंकप्रसाद उपाध्याय पुरिप्रसाद हमाल गाैरीशंकर उपाध्याय वडासदस्य ज्ञानबहादुर बुढा पुजारी लक्ष्मीकान्त उपाध्याय समाजसेवी विष्णुप्रसाद न्याैपाने दिलबहादुर विष्ट संचारकर्मी विष्णुप्रसाद देवकाेटा र विव्यस सदस्य माेहनचन्द्र राेकाया लगायतले छात्रवृत्ति वितरण गर्नु भएकाे थियाे ।

छात्रवृत्ति वितरण कार्यक्रममा बाेल्ने अधिकांश  अतिथिहरुले विद्यालयकाे हित र विकासकाे लागि सराेकारवाला एक ढिक्का भएर अगाडि बढ्न आवश्यक रहेकाेमा जाेड दिनु भएकाे थियाे ।

शिक्षक नियमितता विद्यार्थी संख्या बृद्दि अभिभावककाे प्रभावकारी नियमन तथा रचनात्मक र सकारात्मक सुझाव विद्यालयलाई सडक सन्जाल जाेड्ने आर्थिक पार्दशिता लगायतका कुरामा बक्ताहरुले सुझाव दिनु भएकाे थियाे ।कार्यक्रममा छात्रवृत्ति वितरक अधिकांश अतिथिहरुले विद्यालयकाे समग्र पक्षका वारेमा आआफ्ना धारणा राख्नु भएकाे थियाे ।

विव्यस अध्यक्ष देविकृष्ण उपाध्यायकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा प्रधानाध्यापक तुलबहादुर विष्टले समुदायकाे साथ सहयाेग अभिभावककाे रचनात्मक र सकारात्मक सुझावकाे आवश्कता रहेकाे बताउनु भयाे ।

आफ्नाे कार्यकाल धेरै नभएकाे तर विद्यालयमा कार्यरत हुंदा सम्मकाे अवधिमा विद्यालयमा सुधार गरि गुणस्तरीय शिक्षाका साथै विद्यालयप्रति लागेकाे कालाे धब्बा हटाई त्रिपुराकाेट माबिलाई हेरिने गरिएकाे दृष्टि र बाेलिने गरिएकाे भाष्यमा परिवर्तन गरि छाड्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!