डोल्पा,भदाै ५ गते ।जिल्लाको ठुलीभेरी नगरपालिका–३, दुने बजारमा बस्दै आएका राेल्पा र सुनछहरी घर भएका ६ जना व्यक्ति जङ्गली च्याउ खाँदा बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामी परेका सबैलाई तत्कालै जिल्ला अस्पताल डोल्पामा भर्ना गरिएको छ। उनीहरूकाे अवस्था सामान्य रहेको डाक्टर सिजन रावलले बताए ।
बिरामी पर्नेहरूमा राेल्पा जिल्ला, थवाङ गाउँपालिका–४ का ३० वर्षीय लालकुमार रोका३७ वर्षीया सिमा रोका५० वर्षीय गोरे रोका६० वर्षीया रुपी रोका ७० वर्षीया विमला घर्ती मगर सुनछहरी गाउँपालिका–१ का ३५ वर्षीय प्रेम घर्ती मगर
च्याउ खाएको केही समयपछि स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि विहान ५ बजेकाे जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

डोल्पा न्यूज । ५ भाद्र २०८२, बिहीबार १०:४०