ताजा समाचार

पत्रकार महासंघ डाेल्पाकाे पहिलाे बैठक:सदस्यता सुद्दिकरण  प्राथमिकता 

विष्णुप्रसाद देवकोटा

डाेल्पा,पुस २ गते ।पत्रकार महासंघ डाेल्पाले  सदस्या सुद्दिकरणलाई पहिलाे प्राथमिकता दिने दिने भएकाे छ ।

गएकाे मङ्सिर २८ गते सम्पन्न महासंघ निर्वाचनवाट नयाँ पदाधिकारी निर्वाचित भएर आएसंगै बसेकाे पदाधिकारीकाे पहिलाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

नेपाल पत्रकार महासंघ डाेल्पा शाखाका अध्यक्ष सराेज थापाकाे अध्यक्षतामा बसेकाे पहिलाे  बैठकले सदस्यता सुद्विकरण गर्ने निर्णय गरेकाे हाे।

सदस्यता सुद्दिकरण गर्ने क्रममा पहिलाे चरण स्व घाेषणा गर्न लगाउने, दाेस्राे चरणमा जाे जहाँ कार्यरत छन त्यहाँको मुख्य कार्यालयमा पत्र काट्ने, अन्तिममा बिधान अनुसार प्रक्रिया पूरा गरि कारबाही (खरेज) गर्ने सम्मकाे निर्णय भएकाे महासंघ सचिवलेख बुढाले जानकारी दिनु भयाे ।

गैह्र सदस्यता विवादले महासंघकाे नैतिकता र आैचित्यमाथि नै प्रश्न उठिरहेकाे बेला महासंघ डाेल्पाले यस्ताे निर्णय गरेकाे हाे ।साधारण सदस्यताकाे खाेल ओडेर पत्रकार र पत्रकारिता पेशालाई धमिल्याउन खाेज्ने लाई कानुनी प्रक्रिया पनि चालिने महासंघ डाेल्पाले जनाएकाे छ ।

महासंघ डाेल्पाले गरेकाे ऐतिहासिक निर्णयकाे सबै क्षेत्रवाट स्वागत गरिएपनि कार्यान्वयनले के कति सार्थकता पाउछ त्याे भने पर्खनै पर्ने हुन्छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!