ताजा समाचार

रिवा बाढीपीडितलाई जिल्ला समन्वय समितिबाट राहतस्वरुप खाद्यान्न सहयाेग

विष्णुप्रसाद देवकोटा 

डाेल्पा, असार १८ गते।काईके गाउँपालिका–४ रिवा गाउँमा २०८२ असार १२ गते मध्यरातिमा आएको अविरल वर्षासँगैको आकस्मिक बाढीपहिरोबाट प्रभावित परिवारलाई जिल्ला समन्वय समितिको पहलमा राहत प्रदान गरिएको छ।

प्राकृतिक विपत्तिबाट भएको अपुरणीय धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाको सक्रियतामा असार १८ गते बाढीपीडितहरूलाई करिब ३६ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोगस्वरूप वितरण गरिएको हो।

राहत स्वरूप जम्मा २२ बोरा चामल प्रभावित परिवारहरूलाई प्रदान गरिएको समितिले जनाएको छ।काइके गाउँपालिका अध्यक्ष अंगत रानाकाे उपस्थितिमा राहत स्वरुपकाे उक्त खाद्यान्न प्रदान गरिएकाे हाे ।

प्राकृतिक विपत्तिको यस संकटमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै थप सहयोगका लागि विभिन्न निकाय र व्यक्तिहरूको पनि सहकार्य अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया