ताजा समाचार

नेकपा एमाले डाेल्पाकाे सम्पन्न साताै जिल्ला अधिबेशनबाट  अध्यक्ष पदमा लंकबहादुर राेकाया चयन

डाेल्पान्युज डेक्स

डाेल्पा,कात्तिक ३० गते ।नेकपा एमाले डाेल्पा जिल्लाको अध्यक्ष पदमा लंकबहादुर राेकाया चयन हुनु भएकाे छ ।

सातौं जिल्ला अधिबेशनबाट राेकाया  सर्वसम्मत रुपमाअध्यक्षमा चयन हुनु भएकाे हाे ।कार्तिक २७ गते देखि सदरमुकाम दुनै बजारमा जारी  साताैं जिल्ला अधिवेशनले राेकायालाई सर्वसम्मत जिल्ला अध्यक्ष पदमा चयन ( निर्वाचित ) गरेकाे हाे ।

नवनिर्वाचित अध्यक्ष लंक बहादुर राेकाया छैटौं जिल्ला अधिवेशनमा पनि सचिव पदमा सर्वसम्मत निर्वाचित हुन सफल हुनु भएकाे थियाे ।अध्यक्ष लगाएत धेरैकाे विभिन्न पदमा इच्छा आकांक्षा भएपनि विहिवार सांझ अबेर सम्म भएकाे लामो छलफल पछि अध्यक्ष लगायत सम्पूर्ण पदमा सर्वसम्मति रुपमा पदाधिकारी चयन भएकाे हाे ।

त्यस्तैगरि साताैं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा  लक बहादुर  शाही, सचीवमा जनक के.सी, उपसचिवमा लाेकेन्द्र राना र जुनि बुढा सहित ७१ सदस्य जिल्ला कमिटी सर्वसम्मत चयन भएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!