ताजा समाचार

भूकम्प अपडेट: जाजरकोटको नलगाडमा पनि  तीनजना घाइते 

सुर्खेत।गए राति गएको भूकम्पका कारण जाजरकोटमा थप तीनजना घाइते भएको खुलेको छ। भूकम्पको डरले त्रसित भै सुरक्षित ठाउँमा भाग्ने क्रममा जाजरकोट जिल्ला नलगाड नगरपालिका ०२ रमेली बस्ने २४ वर्षीय बेनु सुनार, सोही ठाउँका ६३ वर्षीय दीप बहादुर कामी र ६३ वर्षीय अविर चना घाइते भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी नायब निरीक्षक अर्जुन खड्काले जानकारी दिए।प्र.ना.नी खड्काको नेतृत्वमा खटिएको टोलीले घाइते तिनै जनालाई दल्ली स्थित नगर अस्पतालमा पुर्याएको थियो। घाइते सबैको अवस्था सामान्य भएको र नगर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दल्लिले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्  :https://dolpanews.com/?p=8198

शुक्रबार राति जाजरकोटको कुशे गाउँपालिका ९ पैंक आसपासमा केन्द्रबिन्दु बनाई दुई वटा भूकम्प गएको थियो। जसको महसूस जाजरकोट सहित कर्णालीका केही जिल्लामा समेत गरिएको थियो।

 पहिलो ८ बजे ७ मिनेटमा ५.२ म्याग्निच्युडको र दोस्रो भूकम्प  ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको गएको भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिमलसिनाले जानकारी दिएका थिए। गत अघिल्लो वर्षको कात्तिक १७ गते गएको भूकम्पको केन्द्र विन्दु नजिकै अहिले भूकम्प गएको हो ।

जाजरकोटमा भूकम्पका कारण भएको क्षतीको विवरण आउन क्रम जारिरहेको र थप विवरण लिनका लागि सम्पर्क गरिरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत समिर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया