विष्णुप्रसाद देवकोटा
डाेल्पाकाे एक निजि आबासिय विद्यलयले बालबालिकालाई धार्मिक मठमन्दिर र धार्मिक सम्दाहरुकाे ऐतिहासिकता बारे ज्ञान दिन शैक्षिक भ्रमण तथा अवलाेकन गराएकाे छ ।
सदरमुकाम दुनैस्थित दुनै बाेडिङ स्कुलले आफ्ना बालबालिकालाई पहिलाे पटक धार्मिक मठमन्दिरमा भ्रमण गराएर विद्यालयस्तरवाटै ऐतिहासिक महत्व बाेकेकाे नेपालकै प्रमुख शक्ति पीठ मानिएकाे श्रीवालात्रिपुरा सुन्दरी भगवती मन्दिरकाे बारेमा जानकारी दिलाएकाे हाे ।
मानिसहरुलाई अनुशासनको कसिमा बाध्ने आस्था र विश्वासकाे आधार मानिदै आएकाे धर्म र मठमन्दिर प्रतिकाे भक्तिभाव बालबालिकालाई जागृत गराउन भ्रमणकाे उद्देश्य रहेकाे विद्यालयका प्रधानाध्यापक लाेकेन्द्र जैसीले जानकारी दिए ।
त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेटमा रहेकाे बालात्रिपुरासुन्दरी भगवती मन्दिरकाे उत्पति त्यसकाे ऐतिहासिक महत्व र पछिल्लाे समयमा धर्मप्रतिकाे समाजकाे दृष्टिकोण लगायतका विषयमा पुजारी कृष्णप्रसाद पाण्डेवाट बालबालिकालाई जानकारी लिन लगाइएकाे पनि प्रिन्सिपल जैसीले बताए ।
भ्रमणमा सहभागी इको क्लबका अध्यक्ष रेश्मा बुढा लगायत खड्क रोकाया अनोज बिश्वकर्मा हिमानी शाही र पुजा बुढाले एकै स्वरमा नेपालका धार्मिक पर्यटकीय सम्पदाकाे जानकारी लिने क्रममा जिल्ला भित्रै रहेकाे महत्वपूर्ण ऐतिहासिक पीठकाे जानकारी प्राप्त भएकाले जिल्लामा भित्रने स्वदेशी तथा विदेशी पाहुनालाई धार्मिक पर्यटनका बारेमा बताउन सहज हुने बताए ।