ताजा समाचार

जगदुल्लाका  महिलाहरुले पनि मनाए १३५ औँ अन्तराष्ट्रिय श्रमिक

समान काम समान ज्याला भन्ने मुला नाराका साथ जगदुल्लाका महिलाहरुले   अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन।

जगदुल्ला गाउँपालिकामा भेला भएका महिलाहरुले महिलाहरुलाइ पनि पुरुष सरह श्रमको सम्मान गरि श्रमको मुल्याङ्कन पुरुष सरह हुनुपर्ने माग राखेका छन ।

महिला वालवालिका तथा जेष्ट नागरिक शाखा प्रमुख सविना बोहोराका अनुसार महिलाहरुलाई ज्यालामा असमान गरी रहेको भन्दै श्रमको उचित ज्याला हुनुपर्ने माग महिलाहरुले राखेको बताइन ।

संघियता पछि हरेक तहमा महिलाहरुको प्रतिनिधित्व हुदै आएपनि श्रममा भने बिभेद गरिएको महिला अगुवाहरुको आरोप छ ।

घर धन्दा चलाउन मात्रै महिलालाइ एउटा ट्याग लगाइएको भन्दै महिला समुहका महिलाहरुले सरकारले श्रम दिवस मनाएर हुदैन सबैलाइ समान श्रमको मुल्याङ्कन हुनुपर्ने दावी गरे ।

अन्तराष्ट्रिय श्रमिक दिवसकै अबवसरमा गाउँपालिकामा भएकाे प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक दिने अभिमुखिकरण गोष्टिमा महिलाहरुले पुरुष सरह श्रमको मुल्याङ्कन हुनुपर्ने जिकिर गरेका हुन ।

जगदुल्ला गाउँपालिकाले महिलाहरुको अधिकार र श्रमको बिषयमा बिभिन्न कार्यक्रम गरेर महिलाहरुलाई अगाडी सारिरहेको छ

तपाइको प्रतिक्रिया

error: Content is protected !!