ताजा समाचार

डाेल्पाकाे रसिमा 4G नेटवर्क लिङ्क जडान :ठूलिभेरीका चार वडामा निशुल्क सिमकार्ड वितरण 

डाेल्पान्यूज डेक्स

डाेल्पाकाे रसि लेकमा 4G नेटवर्ककाे लिङ्क जडानसंगै टेलिकमले दुई सय ३३ थान फाेरजी सिमकार्ड निशुल्क वितरण गरेकाे छ ।

नेपाल टेलिकमकाे सेवाप्रति सर्वसाधारणलाई थप आकर्षित गराउन डाेल्पाका गाउँ गाउँमा पुगेर निशुल्क सिमकार्ड वितरण गरेकाे हाे ।

त्रिपुरासुन्दरी नगरपालिका -२ रसि लेकमा रहेकाे नेपाल टेलिकमकाे टावरमा फाेरजि नेटवर्क लिङ्क जडानसंगै सुचना र संचारकाे पहुँच बाहिर रहेकाे ठूलिभेरी नगरपालिका वडा नं ५ र ६ अन्तर्गतका माझफाल दूरगाउ थरगाउँ र कांडातालीका बासिन्दा अब भने टेलिकमकाे 4G नेटवर्क सेवामा जाेडिएका छन ।

यसैगरी ठूलीभेरी नगरपालिका वडा नं. १० र ११ मा रहेकाे परिला र रह गाउँ समेत नेपाल टेलिकमकाे कभरेज विस्तार भएकाे छ । ठूलिभेरीनगरका ५,६,१० र ११ वडामा 4G नेटवर्किङ कभरेज विस्तारसंगै सम्बन्धित बस्तीमा पुगेर  निशुल्क फाेरजी सिमकार्ड वितरण गरिएपछि सर्वसाधारण खुशि भएका छन ।

नेपाल टेलिकम डाेल्पा शाखाले निशुल्क 4G सिमकार्ड वितरण गरिएकाे नेपाल टेलिकम डाेल्पा शाखाका टेलिकम टेक्निसियन  नवराज भट्टराईले जानकारी दिनुभयो । दुर्गमका स्थानीय ग्राहकलाई सुचना प्रविधिको पहुँचमा पुर्याउने उदेश्यले गाउँमै पुगी निशुल्क सिमकार्ड वितरण गरिएको भट्टराईले जानकारी गराउनु भयाे।

तपाइको प्रतिक्रिया

error: Content is protected !!