ताजा समाचार

याे वर्षकाे महिला दिवस डाेल्पामा भब्य रुपमा मनाईने

डाेल्पामा याे ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्य रुपले मनाइने भएकाे छ ।जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाकाे अध्यक्षतामा साेमबार बसेकाे सराेकारवाला बैठकले नारि ( महिला ) दिवस भब्यरुपमा मनाउने निर्णय गरेकाे हाे ।

डाेल्पाका ग्रामीण  गाउँ बस्तीबाट समेत स्थानीय  कला संस्कृति भेषभुसा झल्किने खालका कार्यक्रमहरुकाे प्रतियोगिता समेत गरिने छ ।

“सबै महिला तथा बालबालिकाकाे लागि : अधिकार, समानता र सशक्तीकरण” भन्ने मुल नाराकाे साथ फागुन २४ अन्तर्राष्ट्रिय महिला दिवस मनाईन लागिएको हाे ।

डाेल्पाकाे सदरमुकाम दुनै बजारमा ठुलीभेरी नगरपालिका, सामाजिक विकास कार्यालय डाेल्पा, स्याक नेपाल, बाल बिवाह विरुद्धको साझा अभियान डाेल्पा, केड नेपाल लगाएतका संघ संस्थाकाे सहजीकरणमा विभिन्न कार्यक्रम गर्ने निर्णाय भएकाे समन्वय प्रमुख राेकायाले जानकारी दिनु भयाे।

दिवसकाे अवसरमा महिलाहरु बिच मादल बजाउने प्रतियोगिता, श्रीमान श्रीमती जाेडी रिले दाैड प्रतियोगिता, चुट्कीला, डेउडा, पैसेरु लगाएतका अन्य प्रतियोगिताका साथै, स्थानीय कला संस्कृति झल्कने  भेषभुषा प्रदर्शन गरिने  छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!