विष्णुप्रसाद देवकोटा।
अनलाइन न्युज पोर्टल सीधा कुराका कार्यकारी सम्पादक एवं समाजवादी प्रेस संगठन नेपालका संस्थापक सदस्य नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल एवं सूचनादाता राजकुमार तिमिल्सिनालाई सर्वाेच्च अदालतले कैद सजाय तोकेको छ ।
कैद सजायकाे विषयमा समाजवादी प्रेस संगठनले गम्भीर ध्यानाकर्षण गराएकाे छ ।सम्मानित सर्वोच्च अदालतको १३ असोज २०८१ को आदेशले समाचार प्रकाशनकाे विषयलाई लिएर कैद सजाय ताेकेकाे थियाे ।
सञ्चारमाध्यमका कारण अदालतमात्रै हैन, कोही व्यक्ति, समूह वा समुदायको मानहानी हुने कुरा जायज नहुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यसमाथि सर्वोच्च अदालतका सम्माननीय न्यायाधीश तथा न्यायाधीशहरुलाई लक्षित गरी तयार पारिएको नक्कली अडियो प्रकरण आफैंमा खेदजनक छ ।
यद्यपि, त्यस मामिलामा गरिएको कारवाहीको प्रक्रिया र राखिएको नियतले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनलाई गम्भीर रुपमा झस्काएको संगठनले जनाएकाे छ।
यो आन्दोलनले सोच्दै नसोचेको बाटोबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अभ्यास भइरहेको संगठनको ठहर छ प्रेस विज्ञप्तिमा भनिएकाे छ।
नक्कली अडियो उत्पादक व्यक्तिमाथि हदैसम्मको दण्ड हुनुपर्ने कुरामा आफ्नाे संगठनकाे विमति नरहेकाे अध्यक्ष विश्वमणि सुवेदीद्वारा हस्ताक्षरित जारि विज्ञप्तिमा उल्लेख छ ।
तर, पत्रकार आचारसंहिताको अनुगमन गर्नका निम्ति राज्यले स्थापना गरेको निकायलाई समेत नजरअन्दाज गर्दै सीधै सर्वोच्च अदालते पत्रकारलाई कैद एवं जरिवाना गर्ने कुरा विधिसंगत नभएकाे संगठनकाे भनाई छ ।
संविधानको प्रस्तावनाले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उपहास गर्दै पत्रकारहरुलाई समाचार लेखेकै कारण गरिएको यो कैदको संगठनले घाेर भत्र्सना गर्दछ भनिएकाे छ।संगठनले
सर्वोच्च अदालतलाई आफ्नो त्रुटीपूर्ण आदेश पुनरावलोकन गर्न समेत माग गरेकाे छ ।