विष्णुप्रसाद देवकोटा
डोल्पा,कात्तिक १ गते ।डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–त्रिपुराकोट-१ बाट प्रहरीले लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।मङ्सिर १ गते साँझ करिब ८:०० बजेतिर प्राप्त गोप्य सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय डोल्पाले स्थलगत चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डिएसपी रुकबहादुर खढ्काले बताए ।
प्रहरीका अनुसार त्रिपुराकोटबाट खत्रियको संयुक्त प्रहरी टोलीले शंकास्पद गतिविधि देखेपछि चेकजाँच गर्दा ब्राउन सुगर जस्तै देखिने खैरो धुलो पदार्थ सहित १६ वटा पेपर प्याकेट बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटना स्थल त्रिपुराकोटबाट पश्चिमतर्फ करिब ३.४ किलोमिटर दूरीमा तथा त्रिपुराकोटभन्दा ४०० मिटर पूर्व–पश्चिम साइडतर्फ रहेको बताइएको छ।पक्राउ पर्नेहरुमा जिल्ला रुकुम आठविसकोट न.पा.–७ बस्ने वर्ष १७ का तिलक बिक जिल्ला डोल्पा त्रिपुराकोटन.पा.–१ बस्ने वर्ष १७ का मोहन साकी ऐ. ऐ. बस्ने वर्ष २२ का रविन्द्र साकी ऐ. ठुलीभेरी न.पा.–३ बस्ने वर्ष ३२ का अपार गुरुङ. ऐ. ठुलीभेरी न.पा.–१ बस्ने वर्ष २३ का राजेशराज राेकाया र जिल्ला सुवेदा वीरनगर न.पा.–१ बस्ने वर्ष २६ का हरी बि.क रहेका छन ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

डोल्पा न्यूज । १ मंसिर २०८२, सोमबार २०:०८