ताजा समाचार

महादेव आधारभूत विद्यालय जिउकाे वि.व्य.स.काे निर्वाचन सम्पन्न अध्यक्षमा सत्तिराम बि.क. विजयी

विष्णुप्रसाद देवकोटा

डोल्पा ।त्रिपुरासुन्दरी नगरपालिका -३ जिउँस्थित  महादेव आधारभूत विद्यालयकाे पहिलो पटक सम्पन्न विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.)को निर्वाचनबाट सत्तिराम बि.क. अध्यक्षमा निर्वाचित भएका छन्।शुक्रबार सम्पन्न मतदानमा कुल ५० मत खसेको थियो।

जसमा ४९ जना अभिभावक र १ जना सम्बन्धित वडा प्रतिनिधिले मतदान गरेका थिए। निर्वाचन परिणाम अनुसार सत्तिराम बि.क.ले २३ सदर मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जयकृष्ण के.सी.ले १८ सदर मत प्राप्त गरेका छन्। मतदानमा सत्तिराम बि.क.का ५ र जयकृष्ण के.सी.का ४ मत बदर भएका थिए।

उक्त निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। जसमा निर्वाचन अधिकृत सरस्वती माध्यमिक विद्यालय सुऊका  प्रधानाध्यापक प्रेम के.सी., सहायक अधिकृत शेल्रि डुक्ड्रा माध्यमिक विद्यालय सालदाङका प्रधानाध्यापक  ज्ञानु गुरुङ, र सहायक अधिकृत महादेव आधारभूत विद्यालयका सहायक शिक्षक सुदर्शन डाँगी रहेका थिए।

सदस्हरु भने निर्विरोध चयन भएका छन ।निर्विरोध सदस्य चयनहुनेहरुमा कमला बोहोरा देवित्रा बि.क. सारदा ठकुल्ला न.पा. प्रतिनिधि वीरप्रसाद बोहोरा शिक्षक प्रतिनिधि ज्ञानबहादुर डाँगी र सदस्य–सचिवमा रामबहादुर गुरुङ छन ।

वि.व्य.स.को यो निर्वाचन विद्यालयमा पहिलो पटक भएको हो, जसले विद्यालयको नेतृत्वमा नयाँ टिम चयन भएको विद्यालयका प्रधानाध्यापक तथा विव्यसका सदस्य सचिव रामबहादुर गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया