ताजा समाचार

जनतासँग उप–मेयर कार्यक्रम अन्तर्गत बलभद्र  आधारभूत विद्यालय रसि डाेल्पामा झाेला वितरण

विष्णुप्रसाद देवकाेेटा

डोल्पा।त्रिपुरासुन्दरी नगरपालिका जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत वडा नम्वर २ स्थित एक विद्यालयका बालबालिकालाई  झाेला वितरण गरिएकाे छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत “जनतासँग उप–मेयर कार्यक्रममा छुट्याइएको बजेटबाट उपप्रमुख स देवी घर्तीले नगरपालिका भित्रका सम्पूर्ण २९ वटै विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई जनही एक/एक वटा झोला वितरण गरिएकाे हाे।

उप–मेयर घर्ती कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसके पनि वडा नं. २ का वडा सदस्य रणबहादुर बुढाको संयोजनमा श्री बलभद्र आधारभूत विद्यालय रसि, डोल्पामा झोला वितरण गरिएको न्यायिक सदस्य रणबहादुर बुढाले जानकारी दिए ।।कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अभिभावक तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।शैक्षिक सशक्तिकरण र विद्यार्थीहरूमा विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यका साथ गरिएको यस कार्यको विद्यालय पक्षले प्रशंसा गर्दै उप–मेयर घर्ती, वडा सदस्य बुढा तथा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।

तपाईको प्रतिक्रिया