विष्णुप्रसाद देवकोटा
डोल्पा । कर्णाली प्रदेशको डोल्पा जिल्लास्थित काईके गाउँपालिका–५ बैजिवडामा गुम्बा मन्दिर निर्माणका क्रममा लडेर एक युवकको मृत्यु भएको छ।
२०८२ कार्तिक १८ गते दिउँसो करिब ३ बजेतिर मन्दिरको छतमा काम गर्दै गरेका २५ वर्षीय नर्बु रोकाय छतबाट लडेका थिए। घाइते रोकायलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल दुनै पुर्याइएको भए पनि उपचारको क्रममा राति १०:४५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेकाे जिल्ला अस्पतालमा खटिएका प्रहरी सहायक हवल्दार यम बहादुर गुरुङले जानकारी दिए।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।स्थानीय कामदार दुई जना पनि समान्य घाइते भएकाे स्थानीयले जनाएका छन ।

डोल्पा न्यूज । १९ कार्तिक २०८२, बुधबार ०८:५६