ताजा समाचार

डोल्पामा मतदाता २४ हजार २४५; उपल्लो क्षेत्रमा भौगोलिक जोखिम र सुरक्षा चुनौती 

विष्णुप्रसाद देवकोटा

डोल्पा ।हिमाली जिल्ला डोल्पामा आगामी निर्वाचन नजिकिँदै गर्दा तयारी तीव्र बनेको छ। तर, उपल्लो क्षेत्रमा भौगोलिक जोखिम, मौसमजन्य चुनौती र सुरक्षा संवेदनशीलता यथावत रहेका कारण निर्वाचन व्यवस्थापन कठिन हुने देखिन्छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा क्षेत्र नं.–१ मा ६६ मतदानस्थल र ६६ मतदान केन्द्र कायम छन्। यो समाचार तयार हुँदासम्म डोल्पामा कुल मतदाता संख्या २४ हजार २४५ पुगेको कार्यालयले जनाएको छ।

असोजसम्म जिल्लामा २३,२४९ मतदाता दर्ता थिए। पछिल्लो समय देशभर सञ्चालन भएको ‘Gen Z अभियान’ पछि व्यक्तिगत रूपमा उपस्थित भएर दर्ता हुनेको संख्या ५९८ पुगेको निमित्त जिल्ला निर्वाचन अधिकारी सुमन राईले जानकारी दिए।

त्यसैगरी, राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत ४०९ मतदाता स्वचालित रूपमा समावेश भएपछि कुल मतदाता संख्या २४,२४५ पुगेको हो।उनले याे मतदाता संख्या अन्तिम भने नभएकाे  मृत्यु भएका र देश बाहिर रहेका समेतकाे अध्यवधि  गर्ने र महिला पुरुष छुट्याउने कार्य भईरहेकाे बताए ।

नयाँ मतदानस्थल प्रस्ताव

त्रिपुरासुन्दरी नगरपालिका–२ को बलभद्र आबी रसि तथा शे–फोक्सुण्डो गाउँपालिका–८ को रिग्मो बस्ती (फाेक्सुण्डो ताल नजिक)लाई नयाँ मतदानस्थलका रूपमा प्रस्ताव गरिएकाे छ। दुवै प्रस्ताव निर्वाचन आयोगमा सिफारिस गरिएको कार्यालयको भनाइ छ।

उपल्लो डोल्पामा हरेक निर्वाचनमा दोहोरिने चुनौती दुर्गम भौगोलिक अवस्था

डोल्पा भौगोलिक रूपमा देशकै सबैभन्दा कठिन क्षेत्रमा पर्छ। सदरमुकाम दुनैबाट उपल्लो डोल्पाका मतदानस्थलमा पुग्न ६–१० दिनसम्म पैदल यात्रा गर्नु पर्ने बाध्यता आज पनि उस्तै छ।

हेलिकोप्टर निर्भरता र उच्च आर्थिक भार

उपल्लो डोल्पाका धेरै मतदानस्थलमा कर्मचारी पठाउन मतदानपछि मतपेटिका ल्याउन  आकस्मिक स्वास्थ्य समस्यामा उद्धार गर्न

हेलिकोप्टर प्रयोग अनिवार्यजस्तै हुने गरेको छ।

हेलिकोप्टर प्रयोग गर्दा– एक दिनको उडान खर्च अत्यधिक मौसम खराब हुँदा उडान रोकिने मतपेटिका ढुवानी ढिलाइ सुरक्षा जोखिम दोब्बर हुने गर्छ ।निमित्त निर्वाचन अधिकारी  राईका अनुसार, “भौगोलिक अवरोधले उपल्लो क्षेत्रमा मतपेटिका पैदल ल्याउन सम्भव नहुने हुँदा हेलिकोप्टर चलाउनैपर्छ, जसले निर्वाचन खर्च असाध्यै बढाउँछ।”

सुरक्षाकर्मी र कर्मचारीको ज्यान जोखिम

उच्च हिमाली भूभागमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई

हाइ–एल्टिच्युड सिकनेस अत्यधिक चिसो हिमपात रातभरि बाटोमै बस्नुपर्ने जोखिम आकस्मिक स्वास्थ्य समस्या जस्ता कारणले विगतमा ज्यान गुमाउनुपरेका घटनासमेत भएका छन्।

मतदान कब्जा’ र ‘मतदाता नियन्त्रण’ काे आरोप

उपल्लो डोल्पाका स्थानीयवासीहरू अनुसार केही बस्तीमा मतदातालाई गाउँमै राख्ने, मतदान केन्द्र नियन्त्रणमा लिन खोज्ने, तथा दलबन्दीका आधारमा वातावरण असहज हुने आरोप वर्षौँदेखि उठ्ने गर्दै आएका छन्।

यस विषयमा शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङ भन्छन् “विगतको जस्तो अवस्था अब धेरै छैन। तल्लाे–माथि सबै क्षेत्रका जनतामा चेतना बढेको छ। कसैले टाउको घुमाए पनि धेरैले आजकल आफ्नो मत आफैं प्रयोग गर्छन्। तर सामाजिक सञ्जालमा देखिन्छ जस्तो सजिलो भने छैन समाज चलाउन चुनौती त रहन्छ नै।”

उनका अनुसार हिजो जस्तो ‘धाँधली’ गर्ने शक्ति अहिले कमजोर भइसकेको छ। “माओवादीहरूकै कारण त्यस्ता आरोप चल्थे होला तर अहिले त्यस्तो संरचना बाँकी छैन। लोकतान्त्रिक प्रणालीमा बोल्ने–मत व्यक्त गर्ने स्वतन्त्रता त रहन्छ नै,” उनले थपे।

चिसो मौसममै निर्वाचन पर्ने बाध्यता

डोल्पाको भूगोलका कारण प्रायः हरेक निर्वाचन हिउँदकै मौसममा पर्छ। जसले वृद्ध तथा अशक्त मतदाताको सहभागिता घटाउने,कर्मचारी तथा सुरक्षाकर्मीको यात्रा अझै जोखिमपूर्ण बनाउने,मतपेटिका ढुवानीमा कठिनाइ हुने जस्ता समस्या बढाउँछ।

राष्ट्रिय स्तरको ध्यानाकर्षण आवश्यक

निमित्त निर्वाचन अधिकारी सुमन राईका अनुसार, “भौगोलिक विकटता बाहेक अन्य ठूला प्राविधिक चुनौती नरहे पनि उपल्लो क्षेत्रमा सुरक्षा जोखिम, प्रतिकूल मौसम र राजनीतिक गतिविधि न्यूनताका कारण चुनाव सञ्चालन जटिल बन्छ।”

पछिल्ला वर्षमा डोल्पामा राजनीतिक गतिविधि अत्यन्त न्यून, दलहरूको सक्रियता सीमित र मतदान व्यवहारमा सामाजिक दबाब अझै बलियो रहेको विभिन्न तथ्यांक तथा अध्ययनले देखाउने गरेकाे छ।

तपाईको प्रतिक्रिया