डोल्पाको सदरमुकाम दुनैमा एक जना कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छ्न । पोखरा घर भई शे- फोक्सुन्डो गाउँपालिका कार्यालयमा सहयोगी पदमा कार्यरत अन्दाजी ४७ बर्षका दुर्गा अधिकारी शनिबार राति आफु बस्ने डेराको बार्दलिमा घाटिमा खाताको पासो लगाई झुन्डिएकाे अबस्थामा फेला परेका हुन ।
झुन्डिएर आत्म हत्या गरेका अधिकारी बिगत करिब ६/७ आगाडि देखि शे फोक्सुन्डो गाउपालिकामा कार्यरत रहेको गाउपालिका अध्यक्ष धावा सम्दुक गुरुङ्ग्ले बताए । अध्यक्ष गुरुङ्ग्का अनुसार उनि लामो समय आगाडि देखि माधक पदार्थ सेवन गरिरहने र आफुले पटक पटक सम्जाउदै आएको समेत बताए ।
जिल्ला प्रहरी कार्यलय डोल्पाले मृतक लास झुन्डिएको अवस्थाको सरजिमि मुचुल्का उठाई घरबाट निकालेर जिल्ला अष्पतालमा लगेर राखिएको छ । आफन्त लाई खबर गरि सकेको र आफन्त आए पछि मात्र मृतक लास आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यलय डोल्पाका सुचना अधिकारि टोपेन्द्र बुढा मगरले जानकारी दिए। थप घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

डोल्पा न्यूज । २१ मंसिर २०८२, आईतवार १३:४२