धनगढी ।नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङलाई पक्राउ गर्न माग गरेका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा पुगेका बस्नेतले यस्तो माग गरेका हुन्।
‘..जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लेकार्ड देखाउन युवाहरूप्रति कुनै आपत्ति थिएन,’ बस्नेतले भने, ‘तर कार्यक्रम स्थल तर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खालि गरेपछि तिनीहरू हटेका छन्।’ त्यसका लागि प्रहरी प्रशासनलाई धन्यवाद दिए।
‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन,’ बस्नेतले भने।
जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर आफूलाई जेनजीका नेता ठान्नेहरूले एमालेको कार्यक्रममा बाधा पुर्याउन षडयन्त्र गरिरहेको उनले बताए। उनले अगाडि भने, ‘हाम्रो कार्यक्रममा बाधा पुर्याउन षडयन्त्र गने बालेन कुलमान घिसिङ, सुधन गुरुङ हुन्। यिनलाई पक्राउ गरेर छानबिन गर्नै पर्छ।’

डोल्पा न्यूज । १० मंसिर २०८२, बुधबार १६:३७