
बन्द कोठामा बसेर अधिकार मेरै पक्षमा छ भन्न सकिएला, तर बहुमत महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेपछि मैले पदावधि बढाएको थिएँ वा केन्द्रीय समितिबाट निर्णय भएको छैन भन्नु वैधानिक हुँदैन- वरिष्ठ अधिवक्ता शम्भु थापा
नेपाली कांग्रेसको सर्वोच्च निकाय महाधिवेशन हो, महाधिवेशन प्रतिनिधि नै पार्टीको निर्णायक तथा वैधानिक संरचना भएकाले ‘महाधिवेशनले गर्ने निर्णय मान्दिन भन्न कसैले पाउँदैन,’ । वैधानिक रूपमा बोलाइएको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिको सहभागिता देखिएकाले यसले लिने निर्णय कानुनसम्मत हुन्छ- वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे
विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिको उपस्थितिमा गरिएको निर्णयले वैधानिक र राजनीतिक दुवै वैधता राख्छ-संबिधान बिद, विपिन अधिकारी
बहुमत प्रतिनिधिको उपस्थितिमा गरिएको निर्णयले वैधानिकता पाउँछ, किनकि लोकतन्त्र बहुमतकै शासन हो।महाधिवेशन पार्टीको सर्वोच्च र सार्वभौम निकाय भएकाले यसले वैधानिक रूपमा जस्तोसुकै निर्णय लिन सक्छ। ‘महाधिवेशनमा नेतृत्व परिवर्तनको एजेन्डा प्रवेश गरे निर्णय गर्न सक्छ,’ ‘बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न महाधिवेशनको निर्णय सबैले मान्नुपर्छ- वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली ।

डोल्पा न्यूज । ३० पुष २०८२, बुधबार १६:१५