जिल्ला प्रहरी कार्यालय, डोल्पाले २०८२ माघ महिनाकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ ।जसमा ५ वटा मुद्दा दर्ता, बैंकिङ कसुर २, भवितव्य २ र सवारी ज्यान १ रहेका छन्। चालु मुद्दाका २ जना प्रतिवादी रहेका छन्।
फैसला कार्यान्वयनतर्फ १ जनालाई पक्राउ गरी १० वर्ष कैद, ६ लाख ५० हजार रुपैयाँ जरिवाना तथा २ हजार रुपैयाँ पीडित राहत कोषमा दाखिला गरिएको छ। हराइरहेका व्यक्तिको नयाँ निवेदन नपरेको र अघिल्लो महिनाको १ जना फेला परेको प्रहरीले जनाएको छ।
माघ महिनामा ५ उजुरी प्रत्यक्ष दर्ता भई ५ वटै फर्छ्यौट भएका छन् भने जिल्ला प्रशासन कार्यालयमार्फत आएका ८ उजुरीमध्ये ७ वटा फर्छ्यौट भएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन, लामो दूरी गस्ती २१, विशेष गस्ती १८४, अस्थायी ड्युटी १७१, सवारी जाँच ४३३ तथा ग्रामीण गस्ती ४६२ पटक परिचालन गरिएको सुचना अधिकारी प्रहरी निरीक्षक टाेपेन्द्र बुढामगरले बताए।
सवारी दुर्घटनातर्फ २ दुर्घटनामा २ सवारी साधन संलग्न हुँदा २ जना घाइते र २ जनाको मृत्यु भएको छ। सवारी जाँचका क्रममा २४ वटा कारबाहीबाट २५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।
समुदाय तथा विद्यालय केन्द्रित ११ कार्यक्रममार्फत ४३६ जना लाभान्वित भएका छन्, जसमध्ये ३७५ जना विद्यार्थी रहेका छन्। प्रहरी हटलाइन तथा डिउटी नम्बरमा १२ कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमार्फत १ हजार २ जनालाई सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ।
डोल्पा प्रहरीकाे प्रगति विवरण सार्वजनिक:माघमा ५ मुद्दा दर्ता, ६६६ जनालाई सेवा
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २ फाल्गुन २०८२, शनिबार १८:५०