ताजा समाचार

नेपाली काँग्रेस कर्णालीबाट काे काे भए  ? प्रतिनिधिसभा उम्मेदवार सिफारिस 

विष्णुप्रसाद देवकोटा

नेपाली काँग्रेस कर्णाली प्रदेश समितिले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य पदका लागि प्रत्यक्ष र समानुपातिकतर्फका प्रस्तावित उम्मेदवारहरुको नाम टुङ्गो लगाउँदै केन्द्रमा पठाएको छ। पार्टीको केन्द्रीय परिपत्रअनुसार जिल्लाले २६ गतेभित्र प्रदेशमा र प्रदेशले २८ गतेभित्र केन्द्रमा उम्मेदवार सिफारिस गरिसक्नुपर्ने भए पनि कर्णाली प्रदेशले भने जिल्लाबाट आएका सिफारिस नामहरु मंगलवार (पौष १ गते) मात्रै केन्द्रमा पठाएको हो।

नेपाली काँग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीका अनुसार जिल्लाबाट सिफारिस भएर आएका सबै नामहरुलाई प्रदेश समितिले कुनै हस्तक्षेप नगरी, छलफलका आधारमा यथावत् केन्द्रमा पठाएको छ। “प्रदेशले कुनै नाममा काँटछाँट नगरी अन्तिम निर्णय केन्द्रले नै गर्ने गरी सबै सिफारिसहरु पठाइएको हो,” उनले बताए।

कर्णाली प्रदेशमा प्रतिनिधिसभा तर्फ १२ निर्वाचन क्षेत्र रहेका छन्। सुर्खेत र दैलेखमा दुई/दुई क्षेत्र छन् भने हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, सल्यान, जाजरकोट र रुकुम पश्चिममा एक/एक निर्वाचन क्षेत्र रहेका छन्।

आन्तरिक पार्टी विवादका कारण अधिकांश निर्वाचन क्षेत्रमा संस्थापन र संस्थापन इतर समूहबाट धेरै नाम सिफारिस भए पनि सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डोल्पाबाट कर्णबहादुर बुढाको नाम भने एकल सिफारिस भएको छ।

उता हुम्ला जिल्लामा भने पार्टीको निर्देशन विपरीत कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा संसदीय दलका नेता जीवनबहादुर शाहीको नाम सिफारिस गरिएको छ। केन्द्रीय कार्यालयको परिपत्रअनुसार बाहालवाला जनप्रतिनिधिहरुलाई सिफारिस नगर्न भनिए पनि जिल्लास्तरका सबै पार्टी संरचना, जनप्रतिनिधि र कार्यसमितिहरुको सामूहिक मनोभावनाअनुसार शाहीको नाम सिफारिस गरिएको कर्णाली प्रदेश समितिले जनाएको छ।

प्रदेश समितिले केन्द्रमा पठाएको प्रतिनिधिसभा तर्फको प्रस्तावित उम्मेदवारहरुको नामावली यस प्रकार छः

जाजरकोट

प्रत्यक्ष: खड्गबहादुर बुढा, मैना कार्की रावल, मुक्ति प्रसाद आचार्य, महेन्द्रबहादुर शाह, रामजंग शाह

समानुपातिक: जनकबहादुर नेपाली बादी (दलित/अल्पसंख्यक), भूमिलाल रोकाया (जनजाति), हजारी नेपाली बादी (दलित महिला), रामछाया कुमारी शाही (पिछडिएको क्षेत्र), विष्णु गिरी (खस–आर्य/पिछडिएको क्षेत्र)

सल्यान

प्रत्यक्ष: केशबहादुर विष्ट, एकराज डाँगी, सन्तोष केसी, मानबहादुर डाँगी, दिपेन्द्रकुमार खत्री, सुरेश चन्द

समानुपातिक: चक्रबहादुर देवकोटा, प्रेमबहादुर डाँगी, वीरबहादुर सेजुवाल, गणेश चन्द, ध्रुवबहादुर मल्ल, सीता गिरी, विष्णु कुमारी शर्मा, सुभद्रा बस्नेत, चक्रबहादुर परियार (दलित)

दैलेख क्षेत्र नं. १

प्रत्यक्ष: खेमराज ओली, खेमराज केसी, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नरसिंह मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, भुपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा, शुसिल देउजा, बासना थापा

समानुपातिक: निर्मला कुमारी खड्का थापा, मिना कुमारी थापा, मोहनमाया प्याकुरेल, गणेशकुमार श्रेष्ठ, दुर्गा कुमारी श्रेष्ठ, कुलबहादुर विक, दिपक सोनी, गणेशबहादुर बोगटी (अपाङ्ग)

दैलेख क्षेत्र नं. २

प्रत्यक्ष: एकेन्द्रबहादुर पन्त, दिक्पालकुमार शाही, नारायणप्रसाद रेग्मी, मधुविक्रम खनाल, रञ्जना कुमारी शाही, लोकेशप्रसाद आचार्य, सीता कुमारी राना

समानुपातिक: जानकी कुमारी विष्ट, पूर्णबहादुर थापा (अपाङ्ग), भगवतीप्रसाद रेग्मी, लिलाराम उपाध्याय, शेरबहादुर शाही, सूर्य विक (दलित)

सुर्खेत क्षेत्र नं. २

प्रत्यक्ष: उपेन्द्रबहादुर थापा, कलमबहादुर खत्री, नारायणकुमार कोइराला, भिष्मराज हमाल, हृदयराम थानी, बसन्ती कुमारी बस्नेत

समानुपातिक: गंगा नेपाली, पार्वती कुमारी गिरी, भगे कामी, धना विष्ट, भिमबहादुर शाही नेपाली

सुर्खेत क्षेत्र नं. १ (समानुपातिक): नगरबहादुर सुनार (नविन), भिमा मल्ल

जुम्ला

प्रत्यक्ष: कर्णबहादुर शाही, कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य, खड्कबहादुर सेजुवाल

समानुपातिक: दीनबन्धु श्रेष्ठ, लक्ष्मीप्रसाद आचार्य, धनबहादुर बस्नेत, जयहरी आचार्य, पुरीचन्द्र देवकोटा उपाध्याय, गोविन्द शाही लगायत

डोल्पा

प्रत्यक्ष: कर्णबहादुर बुढा

समानुपातिक: टंकप्रसाद उपाध्याय, जयकुमारी शाही, रमादेवी न्यौपाने

मुगु

प्रत्यक्ष: ऐनबहादुर शाही ठकुरी, खड्गबहादुर शाही, रमाइली रावत

समानुपातिक: मीन भाम, भिम तिरुवा, कशरकला मल्ल

कालिकोट

प्रत्यक्ष: भुपेन्द्रजंग शाही, अम्मबहादुर शाही, सिता रावल

समानुपातिक: कालीबहादुर सहकारी, सुशिला शाही बम, मानबहादुर नेपाली

हुम्ला

प्रत्यक्ष: जीवनबहादुर शाही, जयमति रोकाया, रिता शाही

समानुपातिक: बहादुर लामा, ताराबहादुर लामा, रम्भा शाही

रुकुम पश्चिम

प्रत्यक्ष: प्रेमप्रकाश ओली, गोपालजी जंग शाह, लेखमाया केसी

समानुपातिक: मानबहादुर नेपाली, मनिसा रोकाया भण्डारी

प्रदेश समितिले पठाएका यी सबै नामहरुमाथि अब नेपाली काँग्रेस केन्द्रीय समितिले अन्तिम निर्णय गर्नेछ।

तपाईको प्रतिक्रिया