शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता दिनेमा सशंकित बनेकाे छ ।देउवा नेतृत्वकाे कांग्रेस नै आधिकारिक भएकाे दावी गर्न र्बिहीबार निर्वाचन आयाेग पुगेकाे थियाे ।विशेष महाधिवेशन पक्षधर गएका ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेकाे कागजपत्र सहित आधिकारिकताकाे दावि गर्न देउवा पक्ष कार्यावाहक सभापति पुर्णबहादुर खड्का सहितका नेता दलबलका साथ आयाेग पुगेकाे थियाे ।
निर्वाचन आयाेगबाट फर्के लगत्तै पाटी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफुहरुकाे पक्षले मान्यता पाउनेमा शंका रहेकाे बताए ।त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने चेतावनी दिए ।
निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन दिए

डोल्पा न्यूज । २ माघ २०८२, शुक्रबार १५:५१