ताजा समाचार

त्रिपुरासुन्दरीमा ठुलाे संख्यामा एमाले–कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश 

नेकपा एमालेका युवा नेता बिमल पहाडी र खिमबहादुर बुढा लगायतका पालिकास्तरीय एमाले तथा कांग्रेस कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी, डोल्पा निर्वाचन परिचालन त्रिपुरासुन्दरी नगर कमिटीको आयोजनामा त्रिपुराकोट बगरमा सम्पन्न बैठक तथा एकता सभामार्फत विभिन्न राजनीतिक दल परित्याग गरी उनीहरू नेकपामा समाहित भएका हुन्।

एकता सभा नेपाली कम्युनिष्ट पार्टी, डोल्पा निर्वाचन परिचालन त्रिपुरासुन्दरी नगर कमिटीका संयोजक तथा केन्द्रीय सदस्य धर्मजित बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार धनबहादुर बुढा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको संयोजन नगर निर्वाचन परिचालन सह–संयोजक तथा केन्द्रीय सदस्य छक्कबहादुर धरालाले गरेका थिए।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य खिमबहादुर बुढा, मुद्केचुला गाउँपालिका–९ का पूर्व वडाध्यक्ष जयप्रसाद बुढा, जिल्ला कमिटी सदस्यहरू बिमल पहाडी र हिमराज पहाडी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य जितबहादुर रोकाय, जिल्ला कमिटी सदस्य चन्द्रवीर बोहोरा, युवा निर्माण व्यवसायी सिबेश शाही, नगर कमिटी सचिव तुलराम केसी, युवा संघ नगर अध्यक्ष विष्णुबहादुर बुढा, भुवनसिंह कठायत, हरिचन्द्र डसाल रहेका छन।यसैगरी नेपाली कांग्रेसका  भकक्ति थापा रहेकाे प्रचार विभाग संयाेजक प्रेमबहादुर बाेहाेराले जानकारी दिए ।

एकता सभामा नेकपा डोल्पा निर्वाचन परिचालन जिल्ला कमिटीका संयोजक तथा केन्द्रीय सदस्य हंशबहादुर शाहीसहित केन्द्रीय सदस्य काली चलाउने, मालबहादुर रोकाय, लंकबहादुर शाही, बुद्धिबहादुर झाक्री, केन्द्रीय लेखा आयोग सदस्य युवराज हिराचन, कर्णाली प्रदेश सांसद तथा पूर्वमन्त्री उर्मिला विश्वकर्मा, पूर्वमन्त्री तथा प्रदेश सांसद एवं प्रदेश सचिवालय सदस्य वीरबहादुर शाहीको उल्लेखनीय सहभागिता रहेको थियो।

त्यसैगरी प्रदेश सदस्य तथा जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिंह रोकाय, प्रदेश कमिटी सदस्य तथा काईके गाउँपालिका अध्यक्ष एवं जिल्ला निर्वाचन युवा परिचालन संयोजक अंगत राना, जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढा, प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, कर्णबहादुर बुढा, प्रेमबहादुर बोहरा तथा वाईसिएल जिल्ला इन्चार्ज एवं युवा परिचालन सह–संयोजक देबिसर बुढालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पार्टी एकता, संगठन सुदृढीकरण र जनआधारित राजनीतिक अभियानमार्फत डोल्पाको समग्र विकासका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया